0
सिद्धार्थ क्लब स्थानीय अधिकार कार्यक्रमको सहजिकरणमा सराङकोट गाविस वडा नं ४ भकुण्डे स्थित शान्ति उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा ११ सदस्यीय विद्यालय स्तरीय विपद व्यवस्थापन समिति गठन भएको छ । विद्यालय विपद ब्यवस्थापन समिति गठन तथा विपद् जोखिम व्यवस्थापन योजना निर्माण गर्ने उद्देश्यले  सराङकोट गाउँ विकास समितिका अध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो गोष्ठीले शान्त उच्च माध्यमिक विद्यालयका प्राचार्य दामोदर तिमिल्सिना सदस्य सचिव रहने गरी क्रमशः बुद्धि बहादुर खड्का, शिव थापा, शुष्मा लामिछाने, मिलन खड्का, मेजर मिनबहादुर थापा, उजेली थापा, रंगनाथ कोईराला, गंगा तिमिल्सिना लाई समितिको सदस्यमा चयन गरेको ।
 बिपद् ब्यवस्थापन समिति गठन तथा विपद् ब्यवस्थापन योजना निर्माण प्रकृयाका बारेमा सहजकर्ता भगदत्त पौडेलले सहजिकरण, भगदत्त पौडेल,  स्वास्थ्य चौकीका ईन्चार्ज ऋषिराम पौडेलले कार्यक्रममा बोलेका थिए ।

Post a Comment

 
Top