0

पोखराको रामघाटस्थित टप्स उच्च माध्यमिक विद्यालयमा शुक्रबार एकै दिन तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत निम्न माध्यमिक तहको नेपाली गाउँखाने कथा प्रतियोगितमा अन्जू गौतम, रेश्मा तिवारी र अर्जुन अधिकारी सहभागी काली सदन पहिलो भएको छ । यस्तै मस्र्याङ्दी सदनका विशाल शाही, राजन बुढा मगर र लक्ष्मण गुरुङको समूह दोस्रो र सेती सदनका अपर्ना थापा, रितिक राई र समिक गुरुङको समूह तेस्रो भएका थिए । अतिरिक्त क्रियाकलाप विभागका प्रमुख रमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली विभागका प्रमुख भेषराज पौडेल र शिक्षिका मायादेवी पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने शिक्षकहरु सुजन थापा मगर र विमल पौडेलले विशेष सहयोगीको भूमिक निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक रुपिन्द्र प्रभावीले गरेका थिए ।
यसै गरी, ‘नेपालमा जलविद्युत को सम्भावना र चुनौती’ विषयमा भएको माध्यमिक तहमा भएको अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा मस्र्याङ्दी सदनका अङ्कित बाँस्कोटा पहिलो भएका छन् । प्रतियोगितामा काली सदनका अमन गुरुङ, मस्र्याङ्दी सदनका आशिष लामिछाने र मस्र्याङ्दी सदनकै मेनुका गुरुङ क्रमशः दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । अङ्ग्रेजी विभागका प्रमुख मणिप्रसाद डुम्रेले सञ्चालन गरेको प्रतियोगिताका निर्णायकहरुमा सहप्राचार्य शिवकुमार सिंह र शिक्षक शिव निरौलाले रहेका थिए । विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी पोखराको पार्दीस्थित फिस्टेल एकेडेमीले अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तरसदनात्मक अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न ग¥यो । प्रतियोगितामा प्राविको कक्षा २ र ३ समूहमा विश्वास चौरशिया, दिक्षिता सुवेदी, प्राविकै ४ र ५ समूहका प्राप्ति लम्साल, मिसन बराल, युना भट्टराई, निमावि तहबाट जोनिशा पौडेल, मुस्कान रानाभाट, कुशल खनाल र मावि तहबाट डेजिना गदाल, सृष्टि पौडेल, विनिता रानाभाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए । यसअघि निमावि र माविस्तरीय प्रतियोगिताको विद्यालयका सहप्राचार्य बुद्धिमोहन पौडेल र प्राविस्तरीय प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अञ्जु रानाभाटले उद्घाटन गरेका थिए ।
यसैगरी पास्कल एकेडेमी भिमकालि पाटन–१ पोखरामा वर्ड पावर कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत वर्ड पावर कन्टेस्ट प्रतियोगिता गरेको विद्यालयले जनाएको छ । दुई दिन सम्म चलेको उक्त निमावि स्तरीय प्रतियोगितामा ६४ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा पास्कल सदनकी कक्षा ८ की छात्रा एलिसा कार्की प्रथम, आइन्स्टाइन सदनकी कक्षा ७ की छात्रा एन्जीला वडगामी द्धितीय र पास्कल सदन कक्षा ८ की छात्रा आज्ञा शेरचन तृतीय भएका विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख विजय के.सीले जानकारी दिए । विद्यालयका सह प्राधानाध्यापक सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको सञ्चालन विद्यालय अतिरित्त क्रियाकलाप प्रमुख विजय केसीले गरेका थिए ।

Post a Comment

 
Top