0
नेपाल सरकार  अर्थमन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष, सेभ द चिल्ड्रेन तथा युवा गैरसरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजना तथा जिल्ला संयोजन तथा अनुगमन समिति कास्कीको सहकार्यमा  बुधबार पोखरामा युवा स्वरोजगार र वित्तीय सेवामा पहुँच विषयक ३ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । नेपालमा वेरोजगार युवायुवतीहरुलाई वित्तिय सेवामा सरल रुपमा पहँच कसरी पु¥याउने भन्ने उद्देश्यले शुरु भएको कार्यक्रममा प्रमुख अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष प्रोफेसर डा. पुण्य प्रसाद रेग्मीले स्वरोजगार कोषले आजसम्म देशभरि २५ हजार युवाहरुलाई स्वरोजगार बनाउन सफल भएको भएपनि कोषको उद्देश्य ४० हजारलाई स्वरोजगार बनाउने रहेको उनको भनाई थियो । उनले मुलुकको चौतर्फी विकासका लागि वित्तीय क्रान्ति, प्रबद्र्धन तथा विकासमा युवाहरुको सहभागिता जरुरी हुने र त्यसका लागि उत्पादनशील पेशा तथा व्यवसायमा विना धितोे लगानी दिई प्रोत्साहित  गर्नु नै एकमात्र विकल्प भएको भन्दै आर्थिक सफलताका लागि गरिब र वेरोजगारहरुलाई स्वरोजगार कोषले देशभरि ६ सय २२ सहकारीहरु मार्फत करिब ३ अर्ब २२ करोड लगानी गरेकोमा ९० प्रतिशत असुल उपर भएको र बाँकी समेत उठ्ने पनि स्पष्ट पारे । सो अवसरमा कास्की जिल्लामा उत्कृष्ट रही छनौटमा परि स्वरोजगार कर्जा लगानी लगाएको गौरी शंकर बचत तथा ऋण सहकारी संस्था हेम्जाका प्रबन्धक डम्बर बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका बिमा शाखा प्रमुख सूर्य प्रकाश तिवारी, व्यक्ति बिमा , पशु बिमा, बाली विमा तथा व्यवसाय बिमा गर्नेबारे स्पष्ट जानकारी दिए । कार्यक्रममा कास्की अछाम, कपिलवस्तु, सिराहा,सप्तरी, सुनसरी, प्युठान, सुर्खेत,रुकुम र रोल्पा गरी १० जिल्लाका छनौटमा परि स्वरोजगार कर्जा लगानी लगाएका सहकारीहरुका प्रतिनिधि तथा सो १० जिल्लाका स्वरोजगार कोषका सदस्य सचिवहरुको उपस्थिति रहेको छ । पोखरामा आयोजित ३ दिने कार्यशाला गोष्ठीमा उपस्थित ज्येष्ठ नागरिक मन बहादुर घत्र्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सेभ द चिल्डूेनका कार्यक्रम संयाजक रत्नराज ओझाले गरेका थिए भने युवा तथा गैर सरकारी संस्थाका प्रतिनिभि आरती पाठक लगायतका व्यक्तिहश्रले युवाहरु रारोवारमा उनीहरुको पहँुच तथा सहभागिताका बारेमा चर्चा गरेका थिए ।

Post a Comment

 
Top