0
लेखनाथ नगरपालिका वडा नं १२ पावर हाउस निवासी स्वर्गीय मोहन माया ढेवाजुको परिवारले आमाको सम्झनामा राधाकृष्ण बृद्धाश्रमका बृद्धबृद्धाका लागि आवश्यक पर्ने खाद्य सामाग्री तथा फलफूल वितरण गरेका थिए ।  स्वर्गीय ढेवाजुको वार्षिक पुण्य तिथिको अवसर पारेर परिवारले लेखनाथको लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्ध बृदाका लागि आवश्यक पर्ने चामल, दाल, तरकारी र फलफूल लगायतका सामाग्री आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरेका थिए ।

Post a Comment

 
Top