
विगत सात वर्षदेखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखी बैंकिङ्ग सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्ट बैंकले २०७१ असार मसान्त सम्ममा रु ४ अर्ब ६ करोड निक्षेप संकलन तथा रु ३ अर्ब १८ करोड कर्जा लगानी गरी रु. १५ करोड ७० लाख संचालन मुनाफा आर्जन गरेको छ । ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका वर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको सिटी डेभलपमेण्ट बैंकले आगामि दिनमा नेपाल राष्ट बैंकका मार्ग निर्देशनहरुलाई पालना गर्दै अझ विश्वसनीय तथा प्रभावकारी सेवा प्रदान गर्ने जनाएको छ ।
बैंकले प्रधान कार्यलय चिप्लेढुङ्गाका साथै ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा, भिमाद बजार तनहुँ, भोटेओडार लमजुङ, दमौली तनहुँ, नागडाँडा कास्की, तुरतुरे तनहुँको साथै नेपालको दुर्गम जिल्ला मानिने मनाङको चामेबजार, लेखनाथको शिशुवा, चितबनको नारायणगढ र बाग्लुङ को महेन्द्रपथ गरी जम्मा १३ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।
Post a Comment