0
लेखनाथ उद्योग वाणिज्य संघले बुधवार इन्टरनेट मार्फत बुझाउनका लागि एक प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा लेखनाथ नगरपालिका मा रहेका ठूला कर दाताहरुका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाउनु पर्ने भ्याट आफैले बुझाउने विषयमा जानकारी गराइएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्याट, ट्याक्स सम्वन्धि विषयमा छलफल गरिएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत शशि भट्टराई, ना.सु हरिष चन्द्र पौडेल र कृष्ण हरि गौतमले घरमा नै वसि आफ्नो भ्याट तिर्नका लागि प्रशिक्षण दिएका थिए ।  प्रशिक्षणबाट करदातामा आत्मविश्वास बढ्ने साथै लेखापाल तथा अर्डिटर मार्फत भरिएका कर विवरणको आफैले अध्ययन गर्न सकिने हुँदा व्यवसायमा अझ राम्रो प्रभाव पर्ने प्रशिक्षकहरुले जानकारी गराएका थिए । त्यस अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, सहभागिहरुको तर्फबाट हाडवयर्स एशोसिएशन लेखनाथका अध्यक्ष राजेन्द्र ओझा, होटल एशोशियसन लेखनाथका दुर्गा अधिकारी लगायतले कर र भ्याट बारे चर्चा गरेका थिए ।
उनीहरुले भ्याट विवरण भर्न जाने धेरै सजिलो र नजानेर विगारे यसबाट धरै नोक्सानी हुने हुँदा यसबाट सतर्क बन्न उनीहरुले आग्रह गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद, महासचिव बलराम ढकालले कार्यक्रम संचालन गरेका थिए । प्रशिक्षण्मा लेखनाथका  ५५ जना व्यवसायीको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top