0
पोखराको भद्रकाली उच्च माविमा मनिता तमुको अध्यक्षतामा १५ सदस्यीय नेपाल तमु विद्यार्थी छोंज धीं इकाइ समिति गठन भएको छ । मंगलबार उच्च माविमा अध्यनरत तमु विद्यार्थीहरुको एक भेलाले इकाई समितिको उपाध्यक्षमा यम प्रसाद तमु, सचिवमा सुवास तमु, सहसचिवमा अन्जु तमु, काषाध्यक्षमा दीक्षा तमु लाई चयन गरेको हो । त्यसैगरि भेलाले कार्यसमिति सदस्यहरुमा निर्लम तमु, सोनिका तमु, विन तमु, पुरन तमु, टीका तमु, तारा तमु लगायतलाई चयन गरेको छ । इकाई समिति गठन भेलामा बोल्दै नेपाल तमु विद्यार्थी छोंज धीं कास्कीका उपाध्यक्ष धनु तमुले सम्पूर्ण विद्यार्थीहरु एक भएर अगाडि बढ्न आग्रह गरे । उनले तमु विद्यार्थीहरु एक हुन सके आफ्नो अधिकार प्राप्ति गर्न सकिने बताउदै एकजुट हुन जोड दिएका हुन् । त्यसैगरि कार्यक्रममा नेपाल तमु विद्यार्थी छोंज धीं कास्कीका सांस्कृतिक विभाग प्रमुख अमर तमुले संस्थाले तमु समुदायको भाषा, संस्कार संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताउँदै यस कार्यमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । उनले मिस तमुस्यो को शान मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ मंसिर १३ गते आयोजना गर्न लागेको चौथो मिस तमुस्यो नेपाल २०१४ सम्पन्न गराउन सम्पुर्ण संग अपिल गरे । कार्यक्रममा नेपाल तमु विद्यार्थी छोंज धीं कास्कीका सदस्य माया तमुको पनि उपस्थिति थियो ।

Post a Comment

 
Top