0
नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) नेपाल, नेपाल कास्कीले भदौ ८ गते उदयपुरमा मजदुरहरुले निकालेको शान्तिपूर्ण विरोध¥याली उदयपुर प्रशासनद्वारा निमुखा मजदुरहरुमाथि जथाभावी लाठी प्रहार गरेको प्रति अत्यन्तै मर्माहित भएको जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको ज्ञापनपत्रमा प्रहरी प्रशासनद्वारा यस्तो ज्यादती, कदम तुरुन्त रोक्न हामी जोडदार माग समेत गरेको छ । क्यूपेक नेपाल कास्कीका अध्यक्ष पुण्य प्रसाद उप्रेतीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आन्दोलनमा घाइतेहरुलाई औषधि उपचार, क्षतिपूर्ति सहित नदीजन्य वस्तुहरु खोलाई मजदुरहरुलाई कम गर्ने वातावरण बनाई दिनुहुन अनुरोध गरिएको छ । ज्ञापनपत्रमा मजदुरहरुको दैनिक रोजीरोटी यसै पेशाको आयस्रोतबाट गुजारा चलाउने मजदुरहरुको २०७१ साल असार महिनादेखि चुरे भावरदेखि देशका विभिन्न जिल्लाका खानीहरुमा गिटी बालुवा झिक्न लगायएको रोकले निर्माण मजदुरहरुलाई दैनिक जीवनयापन गर्न धौ धौ परेको छ बताउँदै स्थानीय विकास मन्त्रालयको कदमप्रति स्वागतयोग्य भएको हुँदा पनि खानी वा निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको दैनिक गुजारामा ठूलो असर परेको हुँदा हाम्रो मागलाई वेवास्ता गरेमा क्यूपेक नेपाल जिल्ला कमिटी कास्की पनि संघर्षमा उत्रने चेतावनी समेत ज्ञापनपत्रमार्फत दिएको छ ।

Post a Comment

 
Top