0
राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघको १२औं वार्षिकोत्सव आइतबार सम्पन्न भयो । कृषि उपज बजार संचालक समितिका निवर्तमान अध्यक्ष दयाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्तो बजार पोखराका अध्यक्ष राजकुमार सुवेदी, गण्डकी मिनि मार्केटका बमबहादुर कार्की, पोखरा हङ्गकङ्ग बजार व्यवस्थापन समितिका प्रतिनिधि दुर्गा जिसी, निवर्तमान अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, बरिष्ठ सल्लाहकार रुद्र प्रसाद खनाल, सल्लाहकार हरि फुयाँल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष कुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पन्नालाल बञ्जाडे र कार्यक्रमको संचालन सचिव दुर्गा प्रसाद श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top