0
अखिल नेपाल महिला संघ कास्कीको आयोजनामा तीज संस्कृति र महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सचिव सृजना शर्माले तीज पर्व हामी महिलाहरुको महान पर्व हो, यस पर्वमा हामीले पहिला पहिला क्रान्ति, परिवर्तनका गीत गाउँथ्यौं भन्दै तीज पर्व खासगरी महिला अधिकार माग्ने र वेदना पोख्ने पर्वका रुपमा लिएको बताइन ।  महिलाहरु सचेत र संगठित हुनुपर्ने भन्दै सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य एवम् सभासद् चुडामणि जंगली, जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सृजना शर्मा, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सभासद् एवं सभासद् तुलबहादुर गुरुङ्ग, चुडामणि जंगली, अनुशासन कमिटीका सदस्य मित्रकुमारी गुरुङ्गलाई समेत सम्मान गरिएको थियो । अनेमसंघ जिल्ला अध्यक्ष मित्रकुमारी गुरुङ्ग सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उपाध्यक्ष पार्वती ढुङ्गाना, धन्यवाद जिल्ला उपाध्यक्ष जानुका अधिकारी र कार्यक्रमको संचालन जिल्ला सचिव सुशिला पराजुलीले गरेका थिए । कास्कीको लेखनाथ १३ राजाको चौताारास्थित आदर्श आमा समूहले आयोजना गरेको दोस्रो खुला तीज गीत प्रतियोगिता २०७१ मा युनिभर्स ईङलिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । समूहकी अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम समूहकी निवतमान अध्यक्ष विष्णुमाया गिरीको संयोजनमा सम्पन्न भएको हो । कुल १६ वटा समूहबीच प्रतिस्पर्धा गराइएको उक्त कार्यक्रममा मनकामना आमा समूह ढोडबेसीले द्वितीय तथा नवीकरण आमा समूह चिसापानी देउरालीले तृत्तीय स्थान हासिल गरे । त्यस्तै गरी आयोजक आदर्श आमा समूहले भने सान्त्वना पुरस्कार हात पा¥यो ।
यसैबीच उक्त प्रतियोगितामा उत्कृष्ट बाल समूहको रुपमा राजाको चौतारा बाल समूह, नृत्य तर्फ एकजुट आमा समूह, शब्द चयनमा मालमूल आमा समूह र भेषभुषामा स्मल हेवन एकेडेमीले पुरस्कृत हुने अवसर पाए । कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ लोक गायिका प्राज्ञ हरिदेवी कोइरालाले तीजलाई भड्किलो होइन साँस्कृतिक पहिचानको रुपमा मनाउन जोड दिइन् । सो अवसरमा प्रमुख अतिथि कोइरालाले झण्डै एकदर्जन जति गीत गाएर दर्शकलाई छमछमी नचाइन् । थ्री ब्रदर्स पोल्ट्री फर्म लेखनाथ–१५ मालेपाटन र निजी तथा संस्थागत विद्यालय संगठन (युनिप्स नेपाल)को मुख्य प्रायोजनमा सञ्चालित सो कार्यक्रममा आयोजक संस्थाकी सचिव पद्मा गिरी र स्थानीय युवा समाजसेवी सूर्य पौडेलले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे चेलीहरुलाई दर खुवाएको छ । सम्पर्क समितिका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार प्रेमकुमारी गुरुङले लमजुङे दाजुभाइले चेलीलाई सम्झेर दर खुवाउने परम्पराले लमजुङे एकतामा सहयोग गर्ने बताए । कार्यक्रममा संरक्षक काशीमाया गुरुङ, डिलकुमारी गुरुङ, सल्लाहकार तथा पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठ, सहसचिव प्रतिमा गुरुङलगायतले तीजको शुभकामना दिएका थिए ।
यसैगरी रेडियो सफलता पोखराद्वारा आयोजित चौथो खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीको सहकार्यमा ‘साक्षर जीवन सुखि जीवन’ भन्ने नाराका साथ सम्पन्न उक्त प्रतियोगितामा नमूना आमा समूह बगर प्रथम भएको छ । त्यस्तै पञ्चकन्या दिदी बहिनी समुह छोरेपाटन द्वितीय र डिज्नील्याण्ड  एकेडेमी मासवार तृतीय भएको छ । प्रतियोगीतामा अमरसिंह दृष्टिविहीन दिदि बहिनी समूह अमरसिंह साम्त्वना भएको छ । त्यस्तै भेषभुषामा नेपाल युवा क्लव नौडाडाँ र नृत्यमा नारी उत्थान दिदीबहिनी समूह छोरेपाटन उत्कृष्ट भएको छ । त्यस्तै अनुशासनमा श्रीकृष्ण मावि मासबार घोषित भएको छ भने उत्कृष्ट टिममा महिला क्लव पोखरा र प्रतिज्ञाको समूह चयन भएका छन् । यसैगरी ताराकुञ्ज सेकेण्डरी स्कुल पाटनबेसी पोखरा–१३ ले हरितालिका तीजको अवसर पारेर आइतबार  दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।  त्यस अवसरमा विद्यालयकी शिक्षिका सरस्वती श्रेष्ठ ‘सरु’, नेपाली शिक्षिका प्रतिभा शर्मा, शिक्षक दिपेन्द्र गौतम,  लगायतले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालयका प्राचार्य विष्णु शर्माले तीजको एतिहासिक सन्दर्भ बताउँदै सोही कार्यक्रमका माध्यमबाट सम्पूर्ण नेपाली नारीहरुलाई तीजको शुभकामना व्यक्त गरेको कार्यक्रम  विद्यालयका गणित शिक्षक सुनिल न्यौपानेको सयोंजकत्वमा सम्पन्न भएको थियो । यसैगरी सञ्चयकोष टोल विकास संस्थाको आयोजनामा आईतबार तीजको उपलक्ष्यमा दर खुवाइयो । पोखरा विरौटास्थित सञ्चयकोष आवासमा वसोवास गर्ने एक सय ९ परिवारका सदस्यहरुका बीच विभिन्न मनोरञ्जनात्म कार्यक्रम गरि महिलाहरुको महान चाड हरितालिका तीज मनाईएको हो । सो अवसरमा हालै निर्वाचित सञ्चयकोष आवास उपभोक्ता समितिका अध्यक्ष लोकनाथ ढुंगानालगायतका सदस्य बधाई ज्ञपान गरिएको थियो ।

Post a Comment

 
Top