
यसैगरी फेवातापारि सोमबार विहान गएको पहिरोबाट भएको क्षतिको नेकपा एमाले कास्कीका नेताहरुले स्थलगत निरीक्षण गरेका छन् । मंगलबार एमाले निवाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी (प्यासी), एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, जिल्ला सचिव दामोदर बैरागी, प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी, जिल्ला सदस्य यूवराज पौडेल, यूवा संघ कास्कीका संयोजक विष्णु पुन, प्रेसचौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, एमाले कार्यालय प्रमुख बैनबहादुर क्षेत्री, पत्रकार एकराज लगायतको टिमले स्थलगत अवलोकन गदै घटना बारे जानकारी लिएका थिए । स्थगत निरीक्षणपछि एमाले निवाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले घटना दुःखद भएको बताउँदै तत्काल मृतकका परिवार तथा पीडितलाई राहत उपलब्ध गराउन सरकारसंग माग गरे । जिल्ला अध्यक्ष कृष्ण थापाले घटना दुःखद भएको बताउदै घर निर्माण गर्दा भौगोलिक अध्ययन गरेर मात्र स्वीकृति दिने ब्यवस्था गर्नुपर्ने बताउदै उनले ताल किनारमा दुई सय मिटर वरिपरि भौतिक संचरना निर्माण गर्न रोक लगाउनुपर्नेमा जोड दिए
Post a Comment