0
सामुदायिक सेवा केन्द्र बैदामको १३औं साधारणसभा तथा सातौंं अधिवेशनले हिरु पुनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भीम पराजुली, सचिवमा हेमप्रसाद तिमिल्सिना, सह–सचिवमा चेतनारायण पाण्डे र कोषाध्यक्षमा मीना भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा गंगा लामिछाने, घनश्याम बोगटी, सुशीला पहारी, नारायणप्रसाद सुवेदी, रमेश पहारी, रमा लामिछाने, हरिराज पहारी, कल्पना बस्नेत, सोभियतबहादुर परियार, ध्रुवराज वराल, काशीराम भट्टराइ, शारदा भट्टराई र दीपेन्द्र पहारी चयन भएको सचिव हेमप्रसाद तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । निवर्तमान अध्यक्ष पम्फा पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख वमबहादुर भण्डारी, पर्यटन व्यवसायी वासु त्रिपाठी, पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटा, एमाले प्रतिनिधि कालिबहादुर परियार, एमाओवादीका हरि भण्डारी, कांग्रेस प्रतिनिधि दीपक वीरसिंह कुँवर, राप्रपाका गणेश ढकाल, आमा समूहीकी दुर्गादेवी तिमिल्सिना, निवर्तमान सचिव सचिव भीम पराजुली र हेमप्रसाद तिमिल्सिनाले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top