0
२०औं विश्व आदिवासी दिवसको अवसरमा नेपाली काँग्रेसका भातृ संस्था नेपाल आदिवासी जनजाती संघ नगर कार्यसमितिले गणेशमान सिंहको प्रतिमा वरपर सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले गणेशमान सिंहको प्रतिमामा फुलमाला लगाई कार्यक्रमको उद्घाटन गर्दै निर्धारित समय भित्र नेपालको लोकतान्त्रीक संविधान निर्माण हुनेमा विश्वस्त हुन आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति तथा संविधान सभा सदस्य यज्ञबहादुर थापा, संविधान सभा सदस्य शारदा पौडेल, नेपाली काँग्रेस जिल्ला सचिवद्वय कृष्ण के.सी., युवराज कुवँर, नेपाल महिला संघका जिल्ला सभापति तारा अधिकारी, नेपाल आदिवासी जनजाती संघ जिल्ला संयोजक अशोक कुमार भट्टचन लगायतले भावी संविधानमा आदिवासी जनजातीको हक र अधिकारको विषयमा सुनिश्चित हुनुपर्नेमा सामुहिक जोड थियो । कार्यक्रमको सभापतित्व नगर सभापति अरुण कायस्थले गरेका थिए भने स्वागत मन्तव्य नगर उपसभापति चन्द्र थापा मगर तथा कार्यक्रमको सञ्चालन नगर सचिव वीरबहादुर गुरुङ्गले गरेका थिए

Post a Comment

 
Top