0
लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजनामा बुधबार बिहान श्री हिमालय नि.मा.वि. लेखनाथ–१३, कास्कीको हातामा २५० जातका विभिन्न बिरुवाहरु  रोपिएको छ । लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष  मन्जु पन्तकोे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ वी १ नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ धु्रबबहादुर थापा, अतिथिहरु डिष्ट्रिक्ट पदाधिकारीहरु क्रमशः तीर्थलाल श्रेष्ठ, धु्रब श्रेष्ठ, गोकर्ण कार्की, विमला श्रेष्ठ, शारदा पराजुली ,  श्यामप्रसाद सांखी लगायतका क्लबका पदाधिकारीहरुले वृक्षरोपण गरेका थिए ।

Post a Comment

 
Top