0
नेपाल तरुण दल पोखरा १३ का अध्यक्ष दीपक गुरुङ्गलाई पितृशोक परेको छ । उनका पिता भुवनसिंह गुरुङ्गको लामो समयदेखि समाजसेवा, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आर्वा विजय गाविस वडा नं.९ बाट हाल पोखरा १३ बाझापाटनमा बस्दै आउनु भएका भुवन सिंह गुरुङ्गको निधनले तरुण दल कास्की मर्माहत भएको छ । साथै दिवंगत आत्माको चिर शान्तिका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गरिएको छ । स्व.भुजन सिंह गुरुङ्गका ३ छोरा र १ छोरी रहेका छन् भन्ने जानकारी तरण दल कास्कीका सचिव पदम बस्ताकोटीले दिए ।

Post a Comment

 
Top