0
कास्कीको माछापुच्छ«े गाउँ विकास समिति नागरिकहरुले गाविसले सञ्चालन गर्ने कार्यक्रमहरु कागजमा सम्पन्न भएपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको गुनासो गरेको छन् । उनीहरुले माछापुच्छ«े गाविसका बासिन्दालाई योजना तर्जुमा तथा उपभोक्ता समितिमा रहेर काम गर्नका लागि दक्ष बनाउन तालिमको आवश्यकता रहेको पनि बताएका छन् । कतिपय योजनाहरु सम्पन्न भएपनि जानकारीको अभावमा समयमै फरफारक गर्न नसकेको भन्दै उनीहरुले बिल भरपाई लगायतका प्रक्रिया पुरा गर्न नसक्दा विविध समस्या आउने भएकाले आगामी दिनमा पनि यस्ता समस्या आउन नदिनका लागि तालिमको आवश्यकता परेको बताएका हुन् । बुधबार गाविसमा आयोजित आर्थिक बर्ष २०७०÷७१ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो कुराको काम गरेका हुन् । गाविसवासीले गाविसले गतबर्ष सम्पन्न गरेका योजनाहरु र सेवा प्रवाहका बारेमा विविध जिज्ञासा समेत राखेका थिए ।
त्यस अवसरमा सेवाग्राही गाँउ विकास समितिले गतवर्ष नै यस प्रकारको तालिम गर्ने जनाए पनि बजेट अभावमा गर्न नसकेको भन्दै चालु आर्थिक वर्षमा सकेसम्म तालिमको व्यवस्था गर्न पहल गर्ने माछापुच्छ«े गाँउ विकास समितिका सचिव जगन्नाथ अधिकारीले जानकारी दिए । गाविसले मुस्कान सहितको सेवा समेत शुरु गरेको उनले बताए ।
सरोकारवाला व्यक्तिहरुले योजनाप्रति चासो नलिएको, जनश्रमदानको २० प्रतिशत रकम बैंकमा गई जम्मा गर्न कठिनाई भएको तथा उपभोक्ताहरुलाई योजना संचालनको प्रक्रियाबारेमा जानकारी नहुदाँ फरफारकमा ढिलासुस्ती भएको अधिकारीको भनाई छ । तर गाविसले पुराना पेश्कीलाई घटाएर ११ हजारमा झार्नु तथा नयाँ पेश्कीपनि समयमै फछ्र्यौट हुन थाल्नु गाविसको सफलता रहेको गाविस सचिव अधिकारीले जानकारी दिए । रेडियो तरङ्गको व्यवस्थापन तथा गाविसको आयोजनामा भएको कार्यक्रमको रेडियो तरङ्गका प्रबन्ध निर्देशक हिमनिधी लौडारीले सहजीकरण गरेका थिए संचालन गाविस सहायक अर्जुन भण्डारीले गरेका थिए ।
आर्थिक वर्ष ०७०।७१ मा कूल ५० लाख ९२ हजारको बजेट कार्यान्वयन गरेको माछापुच्छ«े गाँउ विकास समितिले गत २२ औं गाँउ परिषदले पारित गरेका सबै विकास तथा लक्षित वर्गका गरि ६६ वटा योजना सम्पन्न गरेको छ भने गत आर्थिक वर्षमै यस गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा समेत गरिएको बताइन्छ ।

Post a Comment

 
Top