0
पोखरा : पोखराका विभिन्न कलेजमा अध्ययनरत लोकतन्त्रमा आस्था राख्ने धादिङवासी विद्यार्थीहरु
संगठित भएका छन् । शनिबार पृथ्वीनारायण क्याम्पसमा आयोजित एक भेलाले नेपाल विद्यार्थी संघ गठन गरेका छन्। नेविसंघ नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनको भातृ संगठन हो ।  भेलाले नेविसंघको सभापतिमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका हरिकृष्ण सिटौला चयन भएका छन् । संघको उपसभापतिमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाकै जानुका अधिकारी, सचिवमा नीलकण्ठ नगरपालिकाका राकेश श्रेष्ठ, सह–सचिवमा ज्वालामुखी गाउँपालिकाकी सामना अधिकारी र त्रिपुरासुन्दरी गाउँपालिकाकी सुनिता देवकोटा, कोषाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिकाका सुरेन्द्र खाँड, सह–कोषाध्यक्षमा त्रिपुरासुन्दरी गाउँपालिकाकी लक्ष्मी देवकोटा चयन भएका छन्। 
संघको कार्यसमिति सदस्य पदमा नीलकण्ठ नगरपालिकाका नविन थपलिया, राजु मगर, टीका गुरुङ, रीता लम्साल धमला, आलोक बानियाँ, रुवीभ्याली गाउँपालिकाका हरिबहादुर श्रेष्ठ, सुविना मगर,  शान्ति श्रेष्ठ, रिजन भुजेल र ज्योती ढकाल रहेका छन् । संघमा आवद्ध पदाधिकारी एवं सदस्यहरु पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस, कन्या क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, कालिका क्याम्पस, राष्ट्रिय उमावि, छोरेपाटन उमावि लगायतमा अध्ययनरत छन् । 
सभापतिमा चयन भएपछि बोल्दै नेविसंघ सभापति सिटौलाले विद्यार्थीहरुको हक अधिकार स्थापित गर्न र विद्यार्थीमाथि आइपरेका समस्या समाधानका लागि सामूहिक रुपमा लाग्न संगठनको आवश्यकता परेको बताए । उनले धादिङका विद्यार्थीहरुमा आइपर्ने जस्तोसुकै समस्यामा आफू डटेर लाग्ने प्रतिवद्धता जनाए । उप–सभापति अधिकारीले आपसी भाइचाराको सम्वन्ध स्थापित तथा विद्यार्थीहरुमा परेको समस्यामा मुकाविला गर्न आफूहरु संगठित भएको स्पष्ट पारिन् । 
भेलाको उद्घाटन गर्दै नेविसंघका केन्द्रीय सदस्य भानुभक्त ढकालले विद्यार्थीलाई पर्ने हरकिसिमको सहयोग गर्न आफू र सिङ्गो नेविसंघ तयार रहेको बताए । उनले धादिङ नेविसंघको जस्तै रचनात्मक संगठन निर्माणमा देश भरका युवा विद्यार्थी अगाडि बढ्न सके नेविसंघ तथा नेपाली कांग्रेसको भविष्य उज्वल हुने स्पष्ट पारे । 
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनका सभापति केदार धमलाले हिजोका दिनमा जेजस्तो अवस्था रहेपनि अवका युवाहरुले संगठनलाई मजबूत बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे । उनले राज्यका हरेक निकायमा वामपंथीहरु हावी हुँदै गएको अवस्थामा यसलाई चिरेर अघि बढ्न नेविसंघका नेताहरुलाई आग्रह गरे। 
भेलामा नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुङ, पृथ्वीनारायण क्याम्पसका पूर्व इकाई सभापति मोहन पण्डित, नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्री, पृथ्वीनारायण क्याम्पस इकाई सभापति दीपक शर्मा वाग्ले, बाग्लुङका विद्यार्थी नेता निरज ठकुरी, स्याङ्जाका विनोद केसी, नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क सदनका सदस्य टेकबहादुर थपलिया, विद्यार्थी नेताहरु राकेश श्रेष्ठ, लक्ष्मी देवकोटा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top