0
पोखरा : पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ स्थित सिद्धार्थ टोल विकास संस्थानले महिलाहरुको

महान वर्ष तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा तीज विशेष कार्यक्रम आयोजना गर्यो । संस्थाकी अध्यक्ष गोमावेदी कोइराला सुवेदीले ‘बाबाको आँगनीमा छिर्कनी मारी खेलौला ....’ बोलको तीज गीत गाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाकी वातावरण शाखा प्रमुख दुर्गा न्यौपानेले जीत पर्वलाई भड्किलो भनिएकोप्रति दुःख लागेको बताइन । उनले भनिन्–‘पुरुषले जे गर्दा पनि हुने तर महिलाले वर्षको एक पटक तीज विशेष गर्दा भड्किलो भयो भनेर आरोप लगाउँछन् । यो निकै दुःखको कुरा हो ।’ तीजलाई रमाइलो र दिदीबहिनीको दुःख सुखका भावना साट्ने पर्वको रुपमा भएकाले यसलाई मौलिक र परम्परागत रुपमै मनाउन राम्रो हुने उनले बताइन् । उनले भनिन्–‘तीज पर्व पनि समयसापेक्ष बनाउन त जरुरी छ तर मौलिक परम्परा भने मर्न दिनु हुँदैन ।’ 
संस्थाका वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठले तीज महिलाहरुको संस्कृति र दुःख सुख साट्ने पर्व बन्नुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक एवं संस्थाकी निवर्तमान अध्यक्ष पार्वती माकाजूले तीजमार्फत महिलाहरुबीच भावनात्मक सम्वन्ध बढाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । 
संस्थाकी अध्यक्ष गोमादेवी कोइराला सुवेदीले तीज पर्वले महिला दिदीबहिनीमा सुख र शान्ति मिलोस् भन्ने शुभकामना प्रकट गर्दै आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका कार्यलयकी सविता ढुङ्गाना, संस्थाकी सचिव सीमा कोइरालाले पनि तीज वर्षको शुभकामना प्रकट गरेका थिए।
कार्यक्रममा सहभागी महिलाहरुले परम्परागत मौलिक संस्कृतिमा आधारित विभिन्न तीज गीतमा नाचेर, दर खाएर रमाइलो गरेका थिए । उक्त अवरमा उत्कृष्ट नृत्य गर्ने गीता सुवेदी, धेरै नृत्य गर्ने विमला केसी, परम्परागत भेषभूषामा सहभागी फूलमाया खैंजू र म्युजिकल चियरमा प्रथम बन्न सफल जमुना आचार्यलाइ नगर पुरस्कार प्रदान गरिएको थियो ।  





Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top