0
गोल्डेन न्यूज संवाददाता
पोखरा ११ साउन ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९, न्यूरोड स्थित नोभेल एकेडेमीका विद्यार्थी र सांग्रिला डेभलपमेन्ट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली बीच अन्तक्र्रिया सम्पन्न भएको छ । एकेडेमीमा एमबीए तहमा अध्ययनरत विद्यार्थीका लागि बैंकिङ र करिअर बारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको हो । 
उनले राष्ट्रिय स्तरको बैंक बनाउन आवश्यक कुराहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । थकालीले सफल बैंकर र बैंक तथा वित्तीय क्षेत्रलाई सफलता पूर्वक संचालन गर्ने सम्बन्धी विस्तृत जानकारी दिएका थिए । उनले बैंकसम्बन्धी वर्तमान सरकारी नीति र अवस्थाका बारेमा समेत जानकारी गराए । कार्यक्रममा उनले वित्तीय सेवा विश्वव्यापीकरण भइसकेको बताए । 
सरकार, नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरू सबैले आफ्नो जिम्मेवारी उपयुक्त ढंगबाट निर्वाह गरेको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुमा कुनै समस्या नआउने उनले स्पष्ट पारे । सरकाले बजेट खर्च बढाएर केन्द्रीय बैंकले कर्जा निक्षेप अनुपात र नगद सञ्चिती अनुपातमा केही लचकता अपनाए पनि नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्न सक्ने थकालीले बताए।
बैंक वित्तीय संस्थाहरू नाफामुखी मात्र नहुने, उत्पादनमूलक क्षेत्रमा लगानी गरेर अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने विद्यार्थीहरुलाई जानकारी दिए। 
थकालीले बैंकिङ क्षेत्रमा दक्ष कर्मचारीको निकै अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न नोभेल एकेडेमीका विद्यार्थीहरु सफल हुने विश्वास प्रकट गरे । बैंक तथा वित्तीय क्षेत्रमा कुनै पनि काम सानो ठूलो नहुने भन्दै काम गर्ने व्यक्तिको मेहनत र लगनशिलता ठूलो भएको स्पष्ट पारे । 
कार्यक्रममा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले सांग्रिला डेभलपमेन्ट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी सरकारी नीति र अवर्तमान अवस्थाका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
उक्त अवसरमा एकेडेमी संचालक समितिका सदस्य दुर्गाप्रसाद हुमागाइँले सांग्रिला डेभलपमेन्ट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीको परिचय र कार्यक्रमकोे सहजीकरण गरेका थिए । 

Post a Comment

 
Top