0
पोखरा १२ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ चिप्लेढुङ्गा, विपिचोकस्थित घामपानी मार्केट शुक्रबारदेखि संचालनमा आएको छ ।   मार्केटको शुक्रबार पोखराका वरिष्ठ उद्योगपति तथा समाजसेवी गणेश बहादुर श्रेष्ठले एक कार्यक्रमका वीच शुभारभ्भ गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले व्यवसाय भनेको सही बुहारी रही व्यापार भएको बताए । उनले व्यापार गर्ने गर्ने मान्छे व्यवसायमा रहन सक्नु पर्ने र हतारिनु नहुने भन्दै ब्यवसाय भनेको विस्तारै हुने हुँदा ढुक्कसंग अघि बढ्नुपर्ने स्पष्ट पारे । घामपानी मार्केटसले स्थानीय क्षेत्रमा उत्पादित वस्तुलाई पनि महत्व दिन संचालकहरुलाई उनले आग्रह गरे।
घामपानी मार्केट्स कम्पनी लिमिटेडका रुपमा संचालन गरिएको हो । केही वर्षअघि संचालित घामपानी कृषि सहकारी संस्थाका ४४ सेयर सदस्य मिलेर सर्वसुलभ मूल्यमा किनमेल गर्ने व्यापारिक केन्द्रका रुपमा मार्केट्स संचालनमा ल्याएको कार्यक्रमका संयोजक तथा कार्यक्रमका अध्यक्ष धुव्रराज पोखरेले जानकारी दिए । एउटै छानामुनि ५२ व्यापारिक पसलले ग्राहकको रोजाई अनुसार बिक्री गर्ने पोखरेले बताए ।
कार्यक्रममा घामपानी कृषि सहकारीका अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक वीरेन्द्र नारायण विजुक्छेले ४ करोड रुपैयाँको लगानीमा अत्याधुनिक एवं सुविधासम्पन्न रहेको मार्केट्स तयार गर्न १ वर्ष लगेको बताए । अहिले सबै सटरहरु बुकिङ भइसकेको र व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गरिसकेको उनले बताए । ‘अन्य व्यापारिक केन्द्र भन्दा सहज र छुट्टै अनुभूति ग्राहकलाई दिइनेछ,’ उनले भने–‘यो लोकल व्यवसायिक सेन्टर बन्नेमा ढुक्क छ ।’ मार्केट्समा आन्तरिक व्यावसायिक पर्यटनले व्यापारलाई सघाउने उनको विश्वास छ । मार्केट शुभारम्भको पहिलो महिनामा सामान किन्दा १० देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । मार्केट संचालक समितिका सचिव विश्वकुमार विजुक्छेका अनुसार मार्केट्समा सहकारी, रेष्टुरेन्ट, फेन्सी, सुनचाँदी, बुटिक, व्युटिपार्लर, जुत्ता पसलहरु रहेका छन् । साथै पार्किङ, फ्रि वाइफाइ, २४सै घण्टा वत्तिको व्यवस्था,  मार्केटका व्यवसायीहरुले मेशिनबाटै विजुली, टेलिफोन र केवलको शुल्क बुझाउन सक्नेछन् ।
हरेक वर्गलाई समेटिएका सामानहरु रहेको र प्रयाप्त मात्रामा अग्नि नियन्त्रण सिलिन्डरको सुविधा, प्रत्येक पसलको इन्सुरेन्स, हाइजनिक रेष्टुरेन्ट एवं फुडकोर्टको व्यवस्था मार्केट्समा छन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रविन्सन प्रजु, मार्केट्सका सचिव विश्व विजुक्छे तथा संचालक गणेश बहादुर अधिकारी र कोषाअध्यक्ष सन्तोष पोखरेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित मार्केटस्का शेयर सदस्य भरतजंग कुँवर, पोखराका वडा सदस्यमा निर्वाचित भएका शेयर सदस्य पुष्पराज सिग्देल, संचालक सदस्य कृष्णमान ठुसाजूलाई बधाई ज्ञापन एवं सम्मान गरिएको थियो ।


Post a Comment

 
Top