0
युवराज खतिवडा
गोल्डेन न्यूज संवाददाता

पोखरा १८ वैशाख M पोखराका युवा व्यवसायी युवराज खतिवडामाथि सोमबार राति अपरिचित समूहद्वारा आक्रमण भएको छ ।
राति करिब ९ः३० बजे तेर्सापट्टीस्थित आफ्नो घरको गेटमा पुगेका खतिवडा माथि अपरिचित चार जनाको समूहले आक्रमण गरेको हो । आक्रमणबाट अतिवडा गम्भीर घाइते भएका छन् । उनको पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । 

खतिवडा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष, फेवा एग्रीकल्चर प्रालि र सृजना मिनि मार्केटका संचालक हुन् । 
अस्पताल स्रोतका अनुसार खतिवडाको दाहिने खुट्टाको पिडौलाको हड्डी छिया–छिया भएको छ भने हात र शरीरको अन्य भागमा पनि चोट लागेको छ ।

खतिवडाका अनुसार दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले शुरुमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार छलेपछि खुकुरी उछिट्टिएर भुँइमा बजारिएको थियो । त्यसपछि रडले खुट्टा र हातमा प्रहार गरेर आक्रमणकारी समूह भागेका हुन् । आक्रमणकारी समूहको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
खतिवडामाथि यसअघि पनि पटक–पटक आक्रमण प्रयास भएको थियो । पोखराको पृथ्वीचोकस्थित सस्तो बजारको किचलोका कारण खतिवडामाथि बजारकै समूहले आक्रमण गरेको आशंका गरिएको छ ।
यसैबीच धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडा माथि अपरिचित समूहले आक्रण गरि गम्भीर घाइते बनाएकोमा समाजले भत्सना, निन्दा एवं खेद व्यक्त गरेको छ । समाजका महासचिव हरि पन्तले सोमबार नै एक विज्ञप्ति जारी गरि खतिवडामाथिको आक्रमणको निन्दा, भत्सना एवं खेद व्यक्त गरिएको हो । आक्रमणकारी समूहलाई यथाशीघ्र पक्राउ गरि कडा कार्वाही गर्न समेत समाजले प्रहरी प्रशासन समक्ष माग गरेको छ ।

‘खतिवडामाथि नियोजित ढङ्गले नै आक्रमण गरिएको समाजको ठहर छ । आक्रमणकारी समूहलाई तत्काल पक्राउ गरि कडा कार्वाही गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछौं’, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘खतिवडासंग कुनै दुश्मनी र विवाद भए वार्ता र संवादमार्फत समाधान खोजिनु पथ्र्यौं, यसरी आक्रमण नै गरेर कुनै व्यक्तिको ज्यान लिन खोज्नु आपराधिक मनसाय बाहेक केही होइन । त्यसैले ती आपराधिक समूहलाई तुरुन्त पक्राउ गरि कडा कार्वाही गर्न प्रहरी प्रशासनसंग जोडदार माग गर्दछौं ।’

धादिङ पोखरा सम्पर्क समाजले युवराज खतिवडाको सस्तो बजारको समस्या महिनौं बित्दा समेत सुल्झाउन प्रयत्न नगरि प्रशासन तथा सम्बन्धित सारोकारवाला निकाय मौन बसेको आरोप लगाउँर्दै सस्तो बजारको समस्या कानून बमोजिम तत्काल सुल्झाउन समेत विज्ञप्तिमार्फत माग गरेको छ ।

यसैगरी धादिङ पत्रकार समाज कास्कीले पनि युवा व्यवसायी तथा धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडा माथि भएको आक्रमणको भत्सना गरेको छ । समाजका अध्यक्ष रञ्जन अधिकारी र सचिव हरि पन्तले सोमबार एक विज्ञप्ति जारी गर्दै खतिवडामाथि भएको आक्रमणको भत्सना गर्दै आक्रमणकारी समूहलाई तत्काल पक्राउ गरि कडा कार्वाही गर्न प्रहरी प्रशासनसंग माग गरेको छ ।

Post a Comment

 
Top