0
पोखरा १६, जेठ

लमजुङमा रहेर थान कपडा व्यापार गर्ने व्यवसायी मिलेर कपडा व्यवसायी एशोसिएशन लमजुङ गठन गरेका छन् । कपडा व्यवसायी एशोसिएशन कास्कीको पहलमा उक्त संस्था गठन गरिएको हो । सोमबार कास्की एशोसिएशनका अध्यक्ष नविन नापितको नेतृत्वमा गएको १६ सदस्यीय टोलीले गठन गरेको लमजुङ एशोसिएशनको संयोजकमा भगवान पिया चयन भएका छन् । संस्थाको अन्य सदस्य केही दिनमा थप गरिने भएको छ । पिया संयोजक रहेको यो समितिलाई विधान निर्माण गरि साधारणसभा भेला बोलाउने जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा बोल्दै लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले व्यवसायिक हक, हित र सुरक्षाका लागि व्यवसायीहरु बीच एकता हुनुपर्नेमा जोड दिए । उनले कपडा व्यवसायमा धेरै किसिमका समस्या रहेकाले यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउन कपडासंग सम्बन्धित संस्था नै आवश्यक हुने स्पष्ट पारे । ‘यस संस्थालाई अघि बढाउन सबै किसिमको सहयोग उद्योग वाणिज्य संघको रहन्छ’, उनले भने संस्थाले औपचारिकता पाएपनि उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा वस्तुगत संस्थाको हैसियत प्रदान गरिने छ ।’
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य तथा कपडा व्यवसायी एशोसिएशन का पूर्व अध्यक्ष पे्रमबहादुर भुजेलले कपडा व्यवसायी महासंघ बनाउने उद्देश्य अनुरुप आफूहरु जिल्लास्तरीय संस्था गठनलाई अभियानकै रुपमा अघ बढाएको बताए । उनले कपडा व्यवसायीका समस्यालाई राज्यका निकायमा पु¥याउन महासंघको विकल्प नभएको भन्दै कपडासंग सम्बन्धित सबै व्यवसायीहरु एक हुनुपर्नेमा जोड दिए । उनले भने–‘राज्यका निकाय बहिरो छ, हाम्रा जायज समस्या सानो तिनो ढङ्गले सुन्दैन । त्यसैले महासंघ नै बनाएर दरिलो दवाव दिन जरुरी छ ।’
एशोसिएशनका निवर्तमान अध्यक्ष यामनाथ तिमिल्सिनाले सबै कपडा व्यवसायीहरु एकतावद्ध र संगठिन हुन सकेमात्रै आफ्ना समस्या समाधान गर्न सकिने स्पष्ट पारे । उनका अनुसार कपडा व्यवसायीका मुख्य समस्या पोके व्यापारी, राज्यले कपडा व्यवसायीमाथि हेर्ने दृष्टिकोण र करको दायरा हुन् । 
एशोसिएशनका अध्यक्ष नविन नापितले नारायणगढ र कास्की कपडा व्यवसायी एशोसिएशन बीचको सल्लाह बमोजिम गण्डकी र धौलागिरी अञ्चलका जिल्लाहरुमा संस्था विस्तार अभियान संचालन गरिएको बताए । उनले आफ्नो समस्या समाधानका लागि व्यवसायीहरुबीच एकताको विकल्प नभएको स्पष्ट पारे ।
कार्यक्रममा एशोसिएशनका वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने, द्वितीय उपाध्यक्ष रामेश्वर अधिकारी, महासचिव गजेन्द्रमान श्रेष्ठ, सचिव धर्ममान सिंह भण्डारी, कोषाध्यक्ष लेखनाथ पौडेल, लमजुङ संयोजक भगवान पियाका साथै कपडा तथा सिलाइ व्यवसायी संघका पूर्व उपाध्यक्ष गोपाल परियार, पूर्व जिल्ला अध्यक्ष रामचन्द्र परियार लगायतले व्यवसायिक एकता भएमात्र व्यवसायीका समस्या समाधानमा लाग्न सकिनेमा जोड दिएका थिए । 
वेशीसहरमा लमजुङ समति गठन गरेपछि पोखराका कपडा व्यवसायीले लमजुङको सुन्दर बजारका केही कपडा व्यवसायीसंग पनि छलफल गरेका थिए ।   


Post a Comment

 
Top