0
गोल्डेन न्यूज संवाददाता
बगर भाइखलकको साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः दिलबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा तेजबहादुर गुरुङ, महासचिवमा याम बहादुर गुरुङ, सह सचिव मानकाजी गुरुङ, कोषाध्यक्ष रमेश कुमार श्रेष्ठ र सह कोषाध्यक्षमा ओमकार गिरीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा इश्वर गुरुङ, इश्वर गुरुङ (चन्द्र), सन्तोष गुरुङ (धने), चक्र प्रसाद गौचन  (खगेन्द्र), खगेन्द्र गुरुङ, सिम गुरुङ, मिलन गुरुङ, राजु गुरुङ र भरत कुमार आले चयन भएका छन ।
बगर भाइखलकले राष्ट्रिय फोटो पत्रकार समुहले आयोजना गरेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्पोर्टस फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका फोटो पत्रकार सुदर्शन रन्जित, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका राम गुरुङ र मोफसल फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका कृष्णमणि बराललाई सम्मान गरेको थियो । उक्त अवसरमा प्रमुख मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध कुमार अधिकारी र बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले सम्मान गरेका थिए । कार्यक्रममा सहारा क्लका अध्यक्ष वीरभद्र आचार्र्य, राष्ट्रिय उच्च माविका प्राचार्य वेदप्रसाद वस्ती, फोटो पत्रकार सुदर्शन रन्जित, पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्मा, संस्थाका महासचिव यामबहादुर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा गत पुस महिनामा सम्पन्न छैठौ संस्करणको बगर भाइखलक एट ए साइड फुटवल प्रतियोगिताको आय–ब्यय समेत सार्वजनिक गरिएको थियो । प्रतियोगितामा कुल आम्दानी ११ लाख २६ हजार ५१९ रुपैयाँ र खर्च ७ लाख ८४ हजार २ सय ७४ रुपैयाँ भएको र बचत ३ लाख ४२ हजार ३०५ रुपैयाँ भएको बगर भाइखलकले जनाएको छ । सातांै संस्करणका लागि बगर भाइखलकका सदस्य इन्द्र बहादुर गुरुङले प्रथम पुरस्कार ७५ हजार र दोश्रो पुरस्कारका लागि संस्थाका सदस्य अमित गुरुङ (जोन) ले ५० हजार रुपैयाँ प्रायोजन गर्ने बताएका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष तेज बहादुुर गुरुङ हालै भूपू खेलाडी मञ्च नेपालको पाँचौ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।










Post a Comment

 
Top