0
पोखरा, ५ वैशाख /
नेपाली काँग्रेस कास्कीका पूर्व कोषाध्यक्ष अशोक पालिखेले पोखरा लेखनाथ महामनगर पालिकाको मेयर पदको आकांक्षा व्यक्त गरेका छन् । पालिखेले नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नम्बर ९ र ३ बाट औपचारिक रुपले उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
पोखरा उपत्यका नगर विकास समिति तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पालिखे पोखराको पुराना काँग्रेसी नेता हुन् ।

उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघकोतर्फबाट २०२८ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका थिए । पृथ्वीनारायण क्याम्पसमा उहाँ बाहेक हालसम्म नेपाल विद्यार्थी संघको तर्फबाट कुनै पनि उम्मेदवारले निर्वाचन जितेको इतिहास छैन । उनले कोषाध्यक्ष हुँदा नै नेपाली काँग्रेस कास्कीले आफ्नो भवन निर्माण गरेको थियो ।
उनले २०५४ सालको स्थानीय निर्वाचनमा समेत काँग्रेसको तर्फबाट तत्कालीन पोखरा नगरपालिकाको मेयरका आकांक्षी थिए । पोखरा–३ तुलसीघाट बाटो निर्माण समितिका अध्यक्ष, नयाँबजार रानीपौवा पुल निर्माण समितिको सदस्य,नेपाल नेत्रज्योति संघ कास्कीका संस्थापक अध्यक्ष लगायत दर्जनौ सामाजिक कार्यको नेतृत्व गरिसक्नु् भएका पालिखे पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरको रुपमा विकास गर्नुपर्ने अवधारणाका प्रवर्तक समेत हुन् । पोखरा विश्वविद्यालयको स्थापनामा उहाँको अतुलनीय योगदान रहेको छ ।
पोखराको पर्यटनको विकासको गर्नको पोखरा पर्यटन परीषदको स्थापना समेत उहाँको पहलमा भएको हो । कुमुदिनी होम्स, होटल म्यानेजमेण्ट कलेज, फिस्टेल हस्पितटल तथा फिस्टेल नर्सिङ क्याम्पससँग पनि उहाँको संलग्नता रहेको छ । हाल नेवा ः छेँ कास्कीका अध्यक्ष रहनु भएका पालिखेले पोखराको विकासको लागि स्पष्ट योजनासहित काम गर्न सक्ने भएकोले आफूले उम्मेदवारी दावी गरेको बताए ।
‘विकासमा स्पष्ट योजनासहित नेपाली काँग्रेसको शाखलाई अझ उचो बनाउन मैले उम्मेदवारी प्रस्तुत गरेको हुँ’, पाखिलेले भन्नुभयो,‘पार्टीप्रतिको मेरो निष्ठा तथा क्षमताको उचित मूल्याङ्कन हुनेछ भन्ने मेरो विश्वास रहेको छ ।’

Post a Comment

 
Top