0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले निर्वाचन आयोगले गत चैत ५ गते पार्टीको विधानबाट सर्वधर्म, सद्भाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र सम्बन्धी व्यवस्था हटाउने निर्णय विरुद्ध प्रदर्शन एवं आयोगको निर्णयको प्रतिलिपि जलाउने भएको छ । राप्रपा कास्कीका पदाधिकारी, पार्टीका नेता तथा कार्यकर्ता लगायत सम्मिलित विरोध सहितको जुलुस पार्टी कार्यालयबाट शुरु भई विरोध ¥याली निर्वाचन कार्यालय पुगी आयोगको निर्णयको प्रतिलिपि जलाउने कार्यक्रम रहेको छ । निर्णय सच्याउन राप्रपाले आयोगलाई बुझाएको ज्ञापन पत्रको सम्बन्धमा कुनै स्पष्ट जवाफ नआएकोले निर्वाचन आयोगलाई थप दवाव दिनका लागि केन्द्रीय कार्यक्रम अन्तर्गत यो कार्यक्रम गर्न लागिएको राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले जानकारी दिए । हिन्दू राष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताउँदै अध्यक्ष पुनले निर्वाचनमा आयोगले आफ्नो निर्णय नसच्याएको अवस्थामा आगामी निर्वाचन बहिष्कार गर्न सक्ने र सरकारबाट हट्न सक्ने चेतावनी दिए।  राप्रपाको विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउने निर्णय विरुद्ध राप्रपाले बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र निर्वाचन आयोग अगाडि धर्ना दिने कार्यक्रम तय भएको समेत अध्यक्ष पुनले जानकारी दिए ।




Post a Comment

 
Top