0
पोखराको एक वित्तिय संस्थामा प्रवन्धक रहेर काम गरेका रविचन्द्र खनाल बैंकका ग्राहक तथा अन्य सर्वसाधारणबाट मोटो रकम लिएर फरार भएका छन् ।  पछिल्लो समयमा कैलाश विकास बैंकको लामाचौर शाखाको प्रवन्धक रहेर काम गरिरहेका उनी थुप्रै व्यक्तिहरुबाट बैंकको भन्दा बढी व्याज दिने भन्दै पैसा सापटी लिएर फरार भएका हुन् ।  स्रोतका अनुसार उनले करिब ७ करोड रुपैयाँ संकलन गरि फरार भएका हुन् । 
गत चैत्रको अन्तिम दिनदेखि बैंकमा उपस्थित नभएपछि उनीसंग पैसा लिनुपर्नेहरु बैंकको कार्यालयमै पुगेर सोधीखोजी गर्दा उनी फरार भएको जानकारी भएको हो । उनलाई पैसा दिएर पीडित बनेकाहरुले कास्की प्रहरीमा समेत निवेदन दिएका छन् । निवेदनमा निज खनालबाट आफ्नो पैसा अशुल गरिदिन आग्रह गरिएको छ । 
बैंकका एक कर्मचारीका अनुसार खनालले को–को संग कसरी पैसा लिएका हुन् भन्ने कुरा बैंकमा जानकारी नभएको भन्दै उनी सम्पर्कविहीन भएपछि मात्र विभिन्न व्यक्तिहरुले उनीसंगको कारोबारका बारेमा जानकारी दिन थालेका छन् ।  उनी सम्पर्क विहीन भएपछि बैंकको तर्फबाट उनकी श्रीमतीसंग बुझ्दा आफूसंग पनि सम्पर्क टुटेको बताएको ति कर्मचारीले जानकारी दिए ।  स्रोतका अनुसार खनालले आफू केही दिनका लागि काठमाडौं जाने भनि आफू निकटकालाई बताएका थिए । विगतमा कास्की फाइनान्स, स्टेण्डर्ड फाइनान्स हुँदै नेपाल एक्सप्रेस फाइनान्समा काम गरेका खनाल पछिल्लो समय कैलाश विकास बैंकमा कार्यरत थिए । उनी लायन्स लगायतका संघ–संस्थामा समेत आवद्ध छन् ।










Post a Comment

 
Top