0
गोल्डेन न्यूज संवाददाता
पोखराका पर्यटन व्यवसायी जाउँ है रारा कार्यक्रम लिएर मध्यपश्चिमको सुर्खेत पुगेका छन् । देशकै ठूलो रारा ताल र दोस्रो ठूलो फेवातालको सुन्दरतालाई पर्यटकीय गतिविधिसंग जोडेर पर्यटन प्रवद्धन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) पश्चिमाञ्चलको नेतृत्वमा नेपाल पर्यटन वोर्डको सहयोगमा पोखरेली पर्यटन व्यवसायीको टोली सुर्खेत पुगेका हुन् । जाउँ है रारा अभियान लिएर सुर्खेत पुगेको पर्यटन व्यवसायीको टोलीले सुर्खेतमा शनिबार स्थानीय पर्यटन व्यवसायी र नागरिक समाज बीच सुर्खेतको पर्यटकीय सम्भावना र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै मध्य पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले देशको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन उद्योग भएकोले प्रदेश प्रदेश बीच पर्यटन विकासका लागि सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिए । सुर्खेतको पर्यटन विकासका लागि सुर्खेतवाट काठमाडौं, पोखरा जस्ता शहरसंग सिधा जोड्ने सुविधा सम्पन्न विमानस्थलको आवश्यकता रहेको बताउँदै यसका लागि उद्योग व्यवसायी र नागरिक समाज लाग्नु पर्नेमा शर्माले जोड दिए । कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राराको प्रवद्र्धन अभियान लिएर आएको पोखरेली पर्यटन व्यवसायीको टोलीलाई स्वागत गर्दै सुर्खेत र राराको पर्यटन विकासमा हातेमालो गरि अघि बढ्नु पर्नेमा जोड दिए ।
अभियानको आयोजक संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) पश्चिमाञ्चलका अध्यक्ष डिल्ली प्रसाल गौतमले रारा, सुर्खेत लगायत मध्य पश्चिमाञ्चलका पर्यटकीय शहरको पर्यटन विकासका लागि जाउँ है रारा अभियान संचालन गरेको बताए । आन्तरिक पर्यटकको विदेश घुम्न जाने संस्कृति बढेपछि देशकै पर्यटकीय शहरमा घुम्ने वानी विकासका लागि पोखराका पर्यटन व्यवसायीले प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको पनि उनले सुनाए ।
नेपाल पर्यटन वोड पोखराका प्रमुख उदय भट्टाईले आन्तरिक पर्यटकको घुम्ने संस्कृतिको विकासका लागि वोर्डले घुमफिर बर्ष २०७३ कार्यक्रम ल्याएको र यसले सफलता मिलेको बताए । गत बर्ष रारा तालमा आन्तरिक पर्यटकको आगमन बढेकोले रारा तालको पर्यटन प्रवद्धनमा स्थानीयलाई लाग्न भट्टईले सुझाए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पर्यटकीय शहर पोखरा र पर्यटकीय सम्भावना बोकेको सुर्खेत, रारा लगायत मध्य पश्चिमाञ्चका पर्यटकीय क्षेत्रको पर्यटन विकासका लागि हातेमालो गरि अघि बढ्नुपर्नेमा जोड दिए । सुर्खेतको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास हुनु पर्ने शर्माले बताए । पछिल्लो समयमा आन्तरिक रारा तालको अवलोकनका लागि निकै उत्साहित भएकोले यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय पर्यटन व्यवसायीले प्रवद्धनात्मक कार्यक्रममा जोड दिनु पर्नेमा शर्माले जोड दिए ।
कार्यक्रममा होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहिले सुर्खेतको पर्यटन व्यवसायको विकासका लागि काठमाडांैसम्म जोड्ने विमानस्थल निमार्णमा जोड दिए । सुर्खेतका स्थानीयले उपचारकालागि काठमाडांै जान समेत नेपालगञ्ज पुग्नु पर्ने अवस्था रहेको बताउँदै सिधा काठमाडांै जोड््ने विमानस्थल निमार्णमा जोड दिए । कार्यक्रमका संयोगक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) पश्चिमाञ्चलका कार्य समिति सदस्य नवराज अधिकारी, सुर्खेतका पर्यटन व्यवसायी हरि बिष्ट लगायतले दुई प्रदेशका पर्यटन व्यवसायी बीच सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।





Post a Comment

 
Top