0
गोल्डेन न्यूज संवाददाता
युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ को अध्यक्षमा बुद्धि बहादुर नेपाली चयन भएका छन् । शनिबार लेखनाथको पचभैयामा सम्पन्न भेलाले नेपालीको अध्यक्षतामा युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ को वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विजय गुरुङ, सचिवमा मिलन अधिकारी, सह–सचिवमा सन्दिप जलारी, कोषाध्यक्षमा जीवन गुरुङ र युथफोर्स विभाग प्रमुखमा शंकर कोइरालालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा लेक बहादुर बस्नेत, प्रभा भुजेल, सुरेन्द्र थापा, रामकृष्ण लामिछाने, विवेक भुजेल, राजेश नेपाली, कमल विक,रेशम भुजेल, सविन तिवारी, कमल न्यौपाने र राजेश थापा चयन भएका छन् ।  यसैगरी प्रविन गुरुङ, चेत बहादुर गुरुङ, चेतन बराल, सनम श्रेष्ठ, विजय भुजेल, दिलिप गिरी, प्रकाश सवेदी, अर्जुन पौडेल, तुलसी अधिकारी र सुशिल अधिकारी पनि सदस्यमा चयन भएका छन्।  वडा नम्वर ३१ साविकको लेखनाथ नगर पालिकाको वडा नम्वर ९ १० र ११ मिलेर बनेको नयाँ वडा हो । कार्यक्रममा बोल्दै युवा संघ नेपाल कास्कीका अध्यक्ष  विष्णु पुनले अधिकार प्राप्तिका लागि युवाहरु अग्रसर हुनुपर्ने भन्दै राजनीतिप्रति युवाहरुमा आएको गलत विचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । 

संविधान कार्यान्यवनका लागि तीनै तहकै चुनाव आवश्यक रहेको बताउँदै उनले युवाहरुलाई सकरात्मक भूमिका खेल्न आग्रह पनि गरे। नेकपा एमाले कास्कीका सचिवालय सदस्य शंकरनाथ पौडेलले नेपाली समाजको रुपान्तरणका लागि युवाहरु अघि बढ्नु पर्ने बताउँदै यस पटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन लाग्नुपर्नेमा जोड दिए । युवा संघ नेपाल कास्कीका महिला विभाग प्रमुख एवं पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ इन्चार्ज बबिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संघ नेपाल पोखरा लेखनाथ नगर संयोजक मोहन सवेदी, नेकपा एमाले वडा समन्यव समिति वडा नम्वर ३१ का संयोजक गणेशबहादुर थापा, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश भुजेल, युवा संघ नेपाल क्षेत्रीय कमिटी क्षेत्र नम्वर १ का अध्यक्ष रामचन्द्र तिमिल्सिना, जीवन पौडेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top