0
गोल्डेन न्यूज संवाददाता
महिला सशक्तिकरण संगै बोल्ने कला विकास गर्ने उद्देश्यले पोखरा १५ स्थित ढुंगेसाँघु आमा समूहको आयोजनामा ३ दिवसीय उद्घोषण कला तालिम आईतबार बाट सुरु भएको छ । तालिमको उद्घाटन गर्दै थ्रीएन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले समाज र राष्टको सम्बृद्धिका लागि महिलाहरु सशक्त हुनुपर्ने बताईन् । उनले महिलाको अधिकारको क्षेत्रमा आफू दुई दशकदेखि अनवरतरुमा काम गर्दै आएको अनुभव सुनाउँदै आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिलाहरुले महिलालाई सहयोग गर्नुपर्ने खाँचो औँल्याईन् । उद्धार रोकथाम र पुनःस्थापना को माध्यमबाट मानव बेचविखनको अन्त्यका लागि आँफू हर–तरहले प्रयासरत रहेको उनको भनाई थियो ।  खत्रीले तालिमका क्रममा सिकेका कुरा व्यवहारमा प्रयोग गर्न अनुरोध समेत गरिन् ।

सो अवसरमा तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललित बहादुर भण्डारीले थ्रीएन्जल्स नेपालले संचालन गरेका हरेक कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।  वडा महिला समन्वय समिति १५ का अध्यक्ष पर्वती कार्कीले आफ्नै समुदायमा रहेको संस्था थ्री एन्जल्स नेपालले अभिभावकीय भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरिन् । कार्कीले अवको स्थानीय निवार्चनमा महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा राज्यको हरेक निकायमा अर्थपूर्ण सहभागिता हुने विश्वास व्यक्त गरिन् । 
कार्यक्रमा समाजसेवी तथा तल्लो सिमलबोट टोल समन्वय संस्थाका अध्यक्ष टोप बहादुर थापा, समाजसेवी तोरण बानिँया, शिक्षक तथा समाजसेवी रामचन्द्र पोख्रेल, प्रेम बहादुर थापा र बलराम पौडेलले बोलेका थिए । थ्री एन्जल्स नेपालको को सह–आयोजना तथा र थ्रि एन्जल्स रेडियको सहयोगमा संचालित तालिममा रेडियोका समाचार प्रमुख जीवन सुवेदी, कार्यक्रम प्रमुख प्रकाश अधिकारी, आशा कुँवर लगायतले सहजीकरण गर्नेछन् । आमा समूहको आग्रहपछि रेडियोले तालिमको व्यवस्थापन गरेको रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिए । ढुङ्गेसाघु आमा समुहका अध्यक्ष्ाँ पार्वती कार्की “जानुका” को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सह–सचिव सरु अधिकारले स्वागत मन्तव्य राखेकी थिईन् ।


Post a Comment

 
Top