0
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीविप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समय सापेक्ष कार्यक्रमको सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।  एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्गका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले सबैको साथ र सहयोग प्राप्त भएमा अन्य विधामा पनि नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, स्कूल अफ इञ्जिनियरिङ्का डीन ई. बुद्धिराज जोशी, स्कूल अफ ईञ्जिनियरिङ्का स्कूल निर्देशक ई. अर्जुन गौतम, स्कूल अफ ईञ्जिनियरिङ्का प्रा.डा. टेकराज ज्ञवाली र पोखरा विश्वविद्यालय एनआइटेक परियोजनाका निर्देशक प्रा.डा. योनसिक हानले सम्बोधन गरेका थिए । विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पूनःनिर्माणका सन्दर्भमा स्ट्रक्चरल इञ्जिनियरिङ्गको उपादेयता र महत्व बढ्न गएकोले विश्वविद्यालयले सो विषयमा पठन पाठन शुरु गरेको हो । विश्वविद्यालयमा प्रथम पटक आङ्गिक कार्यक्रमको रूपमा सो कार्यक्रम सञ्चालन गरिएको हो । हाल उक्त कार्यक्रममा कुल १५ जना विद्यार्थी भर्ना लिई पठन–पाठन शुरु गरिएको छ । अभिमुखीकरण कार्यक्रमलाई प्रा.डा. पद्मबहादुर शाही, ई. सन्तोष श्रेष्ठ, पुल्चोक क्याम्पस; डा. इन्द्रप्रसाद आचार्य, पुल्चोक क्याम्पस, प्रा.डा. किम, एनआइटेक परियोजना, ई. महेन्द्रबहादुर गोदार, पोखरा लेखनाथ महानगरपालिका, प्रा.डा. गोकर्णबहादुर मोत्रा, प्राचार्य, पुल्चोक क्याम्पस; डा. हेमचन्द्र चौलागाई, स्कूल अफ ईञ्जिनियरिङ्ग, पोविवि लगायतले सहजिकरण गरेका थिए ।









Post a Comment

 
Top