0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको चिसापानीमा संचालित नेबिको १३औं तारासिङ अशोक स्मृति कप वडास्तरीय भलिबल प्रतियोगितामा सालडाँडा जामुने प्रथम भएको छ भने द्वितीय प्यार्सिङ हटिया र तृतीय आयोजक सुनगाभा युवा क्लब भएको छ । सुनगाभा युवा क्लव हरिनास २ गुर्जा स्याङ्जाको आयोजना तथा सयथुंगा युवा क्लव जामुने को सह–आयोजनामा आयोजित प्रतियोगितामा प्रथम हुने टीमले ३७ हजार ३७, द्वितीय हुने टीमले २२ हजार २२ र तृतीय हुने टीमले १२ हजार १२ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । समापन कार्यक्रममा पुरस्कार बितरण गदै प्रमुख अतिथि  सांसद टेकु नेपालीले सुनगाभा युवा क्लबले भलिबल खेलको बिकासको लागि पुर्याएको योगदानको चर्चा गदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्न अनुरोध गरे । कार्यक्रममा समाजमा विशेष योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।  वडा सचिव कृष्ण प्रसाद गौतम, कलाकार बिलन थापा, स्वाथ्य चौकी प्रमुख बिदुर सिग्देल, समाजसेवी डिल राना, समासेवी खेम बराल, साहित्यकार सुरज उपाध्याय, सामाजिक परिचालिका टेक माया थापा, गीतकार शिशिर राना  लगायत सम्मानित भए । क्लबले बिगत २८ बर्षदेखि खेल संचालन गर्दै आईरहेको प्रतियोगितालाई नेविको प्रा.लिले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम संयोजक शिशिर रानाको अध्यक्षता र संचारकर्मी गोबिन्द थापाको संचालनमा सम्पन्न भएको थियो । सुनगाभा युवा पुरस्कारबाट पूर्व राष्ट्रिय भलिबल खेलाडी शंकर राना नगद सहित सम्मानित भए । यसअघि सुनगाभा युवा पुरस्कारबाट अन्तर्राट्रिय भलिबल खेलाडी तथा रेफ्री टहलसिंह थापा मगर र राष्ट्रिय रेफ्री खुम थापा र राष्ट्रिय रेफ्री अनिल राना सम्मानित भईसकेको कार्यक्रम संयोजक शिशिर रानाले जानकारी दिए ।



Post a Comment

 
Top