0
गोल्डेन न्यूज संवाददाता
नेप्लीज युथ फर क्लाइमेट एक्शन (एनवाईसीए) कास्की च्याप्टर नेटवर्क को–ओर्डिनेटरमा कुमार भण्डारी चयन भएका छन् । दुर्गाप्रसाद जोशी नेतृत्वको कार्यकाल सकिएकाले च्याप्टर विघटन गरी नयाँ समिति बनाईएको हो । पोखरामा भएको भेलाले नयाँ समितिमा क्याम्पेन कोओर्डिनेटर कृतज्ञा ज्ञवाली, ग्रिन डिस्कशन कोओर्डिनेटरमा एञ्जिला लामिछाने, स्कुल एण्ड कलेज कोओर्डिनेटर सोनम भट्टराई, कम्युनिकेशन को–ओर्डिनेटर अनोज सुवेदी, मिडिया कोओर्डिनेटर माधव केसीलाई चयन गरेको छ । यस्तै, मेम्बरहरुमा मिलन अर्याल, कमल सेन ओली, सरु गहतराज, स्मारिका भट्टराई र शिल्पा हमाल चुनिएका छन् । निवर्तमान नेटवर्क कोओर्डिनेटर दुर्गाप्रसाद जोशीले विकसित देशको विकासले उत्पन्न गराएको समस्या जलवायु परिवर्तनबारे युवाहरूको भूमिका विषयमा जानकारी गराउँदै प्रदुषण नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका रहनुपर्ने उल्लेख गरे । नवनिर्वाचित नेटवर्क कोओर्डिनेटर कुमार भण्डारीले अन्य युवा सञ्जालसँग सहकार्य गरेर जलवायु परिवर्तन र वातावरण संरक्षणको क्षेत्रमा रचनात्मक कार्यहरु गर्ने जनाए । साईकल सिटी पोखरासँग सहकार्यमा साईकल ¥यालीको आयोजना गर्ने, क्षेत्रीय भेलाको आयोजना गर्ने लगायतका योजना सुनाए । सो संस्थाले विभिन्न सरोकारवालाहरूसँग अन्तरक्रिया गरी सचेतना अभिवृद्धि गर्नु, बालबालिका एवं युवालाई जलवायु परिवर्तनका समस्याबारे जानकारी दिई सशक्तिकरण गर्नु, जलवायु परिवर्तनसम्बन्धी विषयमा भएका विकास तथा अभिप्रेरक विषयबारे राष्ट्रिय एवं स्थानीय तहमा जानकारी दिनु लगायतका उद्देश्य राखेको छ ।




Post a Comment

 
Top