0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसले साविक लेखनाथ ९, १० र ११ मिलेर बनेको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा कार्यकर्ता भेला आयोजना ग¥यो । भेलाको बोल्दै   कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले लामो समयदेखि स्थानीय निकाय निर्वाचित जनप्रतिनिधि विहीन हुँदा देशमा दण्डहिनता मौलाउँदै गएको, अराजकता बृद्धि हुँदै गएको र अपराधिहरुले प्रषय पाउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले शन्ति र सु–व्यवस्था कायम गर्न पनि स्थानीय निर्वाचनको विकल्प नभएको स्पष्ट पारे । स्थानीय चुनाव नभएमा देशमा आर्थिक भ्रष्टाचार बढ्ने भन्दै उनले देशमा शान्ति र सुव्यवस्था कामय गरी जनतालाई अधिकारको प्रत्याभूति दिने एक मात्र नेपाली कांग्रेस भएकाले बताए । आगामी स्थानीय तहको चुनावमा सबै क्रियाशिल सदस्यहरु, बुद्धिजीविहरु एक भएर सर्वसम्मत बाट उम्मेद्वार छान्न उनले आग्रह गरे ।  कार्यक्रममा नेपाली कांग्रेस पूर्व जिल्ला सभापति यज्ञबहादुर थापाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र संविधान कार्यान्वयन पनि नेपाली कांग्रेसको जिम्मेवारी भएको दाबी गर्दै स्थानीय तहको चुनाव नै नयाँ संविधानको प्रारम्भिक यात्रा भएको बताए । थापाले नेपाली कांग्रेसले चुनावमा सबैलाई समेटेर लैजान जिम्मेवारीपूर्वक मधेशका जायज मागलाई सम्बोधन गर्न अग्रसर भएको बताए । 

नेपाली कांग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले नेपाली कांग्रेसले संविधानभित्र रहेर शान्ति, संविधान र सम्बृद्धिका लागि राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरेको पार्टी भएको जिकीर गरे । नयाँ संविधान कार्यान्वय गर्न चाहने र गर्न नचाहने पक्षबीचको लडाइँ भएको पनि उनले बताए । सभापति केसीले स्थानीय तहको चुनाव नभएमा मुलुक राजनीतिक र आर्थिक पक्षमा असफल राष्ट्र हुने र नेपाली दाजुभाइ बीच वैमनश्यता उत्पन्न हुने भन्दै  स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनलहल ल्याउन सबै कांग्रेस नेता कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिए । वडा संयोजक ढकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष डम्बर बहादुर थापा, क्षेत्रीय सभापति वृजमान गुरुङ, बुद्धिमान गुरुङ, जिल्ला सचिव सुदिप मोहन भट्टराइ, देवराज चालिसे, पृतृराज बाँस्तोला, लोकनाथ पाण्डे, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारादेवी अधिकारी, महाधिवेशन क्षेत्रीय प्रतिनिधि विष्णु बाँस्तोला, पूर्व सचिव नन्द प्रसाद तिवारी, भुपेन्द्र रानाभाट, खेमनाथ भट्टराइ लगायतले नेपाली कांग्रेस एक ढिक्का भएर आगामी चुनावमा लाग्नुपर्नेमा जोड दिएका थिए । वडा सह–संयोजक धु्रवराज अधिकारीले संचालन गरेको कार्यक्रममा वडाका सह–संयोजक तारामणि घिमिरेले स्वागत गरेका थिए । यसैबीच युवा नेता राम बहादुर रानाभाटको संयोजकत्वमा ७१ सदस्यीय तरुण दल निर्वाचन परिचालन कमिटीको समेत गठन गरिएको बताइन्छ । कार्यक्रममा कांग्रेस नेतृ तथा नेता स्व. रामजी वादलकी धर्मपत्नी चन्द्रावती पौडेलले पार्टीले सहयोग गरेमा आफू पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिन तयार रहेको बताएकी थिइन । भेलामार्फत १६ जना वडा अध्यक्षका आकांक्षीद्वारा उम्मेदवारी दर्ता गरिएको छ ।

Post a Comment

 
Top