0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत पर्ने वडाहरुको राप्रपा कास्कीको समायोजन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत मंगलबार वडा नं.११ र २१ को वडा समायोजन भेला सम्पन्न भएको छ ।
भेलाले साविक पोखरा ११ र २१ मिलेर बनेको नयाँ वडा नं. ११ मा दयासागर लामिछानेकोको अध्यक्षतामा २५ सदस्यीय राप्रपा वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा ठगेन्द्र बहादुर रायमाझी, भुवनेश्वरी लामिछाने, सचिवमा सुजन बाँस्तोला, सहसचिवमा दीपक पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य रहेका छन् ।  त्यसैगरी सदस्यहरुमा सुनिल थापा, दयासागर लामिछाने, रेशम थापा, विष्वणु प्रसाद लामिछाने, झलक जलारी, नरबहादुर वि.क., गोपिका बास्तोला, मनबहादुर गुरुङ्ग, विकास बास्तोला, राजेन्द्र बास्तोला, दामोदर बास्तोला, होम बहादुर कार्की, सरिता गुरुङ्ग, लालबहादुर भट्टराई, यमबहादुर नेपाली, दुर्गाबहादुर के.सी., दीपेन्द्र के.सी., दीपक कोइराला, युवराज बाँस्तोला रहेका छन् । कार्यक्रममा जिल्ला कोषाध्यक्ष रन्जना सेन पौडेल, सहकोषाध्यक्ष देवेन्द्र किशोर बास्तोला, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, कोषाध्यक्ष डिलकुमारी गुरुङ्ग लगायत देशमा दुई दशकपछि स्थानीय निकायको चुनाव हुन गइरहेकोले सबै राष्ट्रवादी, देशभक्ति जनताहरु एक भएर लाग्न आग्रह गरे । दयासागर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुजन बास्तोलाले गरेका थिए ।







Post a Comment

 
Top