0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सदस्य हितराज पाण्डे उत्तमले घोषित निर्वाचत विथोल्न देशी विदेशी षडयन्त्र भइरहेको भन्दै पार्टी अध्यक्ष प्रचण्डले चुनाव गराएर छाड्ने दावी गरेका छन् । माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाको पहिलो सम्मेलनको उद्घाटन गर्दै उनले जुनसुकै चुनौतिको पनि सामना गरेर मुलुकमा चुनाव तोकिएको मितिमै भई छाड्ने स्पष्ट पारे । नेता पाण्डेले माओवादीको जितका लागि जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन समेत दिए। पूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले स्थानीय तह कार्यान्वयन हुन नदिन पनि षड्यन्त्र भएको र आफूले त्यस्तो प्रवृत्तिसँग विजयी भएर स्थानीयतह कार्यान्वयनमा आएको र  माओवादीको एजेण्डा जित भएको उनले बताए ।  कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज राजकाजी तमु करणले देशका अहिलेका सवै परिर्वतनहरु माओवादीकै कारण सम्भव भएको भन्दै स्थानीय तहको कार्यान्वयनका लागि पनि माओवादीले जित्नै पर्ने बताए ।  जिल्ला संयोजक दीपक कोइराला रुपकले संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म माओवादी नहार्ने भन्दै उनले विगतमा माओवादीले अभ्यास गरेको जनसरकारका हरेक नीतिहरु अहिलेको स्थानीयतहमा समावेश भएको स्पष्ट पारे ।  पार्टी केन्द्रीय सदस्य नवराज भण्डारीको सभापतित्वमा सम्पन्न अधिवेशनमा वाईसियल पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष सन्तोष सोनाम, पोखरा उद्योग वाणिज्य संघका सदस्य गोमा ढकाल, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष जनकराज पराजुली, कास्कीका पुराना कम्युनिष्ट नेता वेदनिधि दवाडी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

यसैगरी नवराज भण्डारीको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्र गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रविणा अधिकारी, सचिवमा श्याम दाहाल, कोषाध्यक्षमा चन्द्रवहादुर वि.क. तथा सह–सचिवमा प्रेम पुन रहेका छन् ।  यसैगरी राजु गौतमको अध्यक्षतामा ५१ सदस्यीय वाईसिएल गाउँपालिका कमिटी समेत गठन भएको छ । नवनिर्वाचित कमिटीलाई प्रमुअ अतिथि हितराज पाण्डे, जिल्ला इन्चार्ज राजकाजी तमु करण, सह–इन्चार्ज रामजी बराल जीवन लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका थिए। 
नवनिर्वाचित अध्यक्ष भण्डारीले माछापुच्छ«े गाउँपालिकामा माओवादी केन्द्रलाई विजयी गराउने गरि जनपरिचालन गर्दै अघि वढ्ने प्रतिवद्धता जनाए । उक्त अवसरमा गाउँपालिका कार्यालयको समेत उद्घाटन गरिएको थियो ।








Post a Comment

 
Top