0
गोल्डेन न्यूज संवाददाता
अखण्ड नेपाल पार्टी वडा कमिटी पोखरा–१६ र २८ बीच समायोजन भएको छ । साविकको पोखरा–२८ अर्मला, पोखरा–१६ मा गाभिएपछि भएको वडा भेलाले होमबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। पार्टीको वरिष्ठ उपाध्यक्षमा कुलबहादुर कार्की, महिला उपाध्यक्षमा खेमकुमारी जिसी, सचिवमा राजु खड्का, कोषाध्यक्षमा माधव अधिकारी र सहसचिवमा नेत्रबहादुर खड्का रहेका छन् । समायोजित कमिटीको सदस्यहरुमा आगा राना, रणबहादुर थापा, लक्ष्मी श्रेष्ठ, पार्वती बस्नेत, चन्द्रबहादुर बस्नेत, ज्ञानबहादुर कार्की, बाबुराम बस्नेत, बलराम थापा र जौमाया थापा चयन भए । त्यस्तै स्थानीय तह निर्वाचनमा पोखरा–१६ मा पार्टीबाट होमबहादुर खड्का, कृष्णबहादुर जिसी, मञ्जु श्री बस्नेत, कर्णबहादुर खड्का, बाबुराम सुनार, बलराम थापा, गोविन्द खड्का र रणबहादुर थापाले वडाध्यक्ष सहित विभिन्न पदमा आकांक्षा देखाएका छन् । यसअघि भेलाको उद्घाटन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्काले राष्ट्रिय एकताको पक्षमा जनमत प्रर्दशन गर्न आग्रह गरे । होमबहादुर खड्काको अध्यक्षतामा भएको भेलामा वरिष्ठ उपाध्यक्ष उदयबहादुर बस्नेत, वडा सचिव राजु खड्का लगायतले पार्टीले जनताको मन जितेको दाबी गर्दै, चुनावको तयारीमा होमिन निर्देशन दिएका थिए ।







Post a Comment

 
Top