0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा रहेको पोखरा हङकङ बजारले पाँचौ वार्षिकोत्सव एक कार्यक्रम गरि मनाएको छ। कार्यक्रममा पो.ले महानगरपालिकका बरिष्ठ अधिकृत ओमराज पौडेल, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, बजार सञ्चालक नन्द प्रसाद तिवारी, मिलन तिवारी, गण्डकी मिनी मार्केटका बम वहादुर कार्की, बजार सल्लाहकार हरिप्रसाद फुयाँल, बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनार, संरक्षक राजकुमार सुवेदी, सन्तोष शर्मा, वसन्ती गुरूङ, काशीराम पौडेल, मुमताज अलिमिया, टंक प्रसाद सुवेदी, दिपक गिरी लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रममा पो.ले. महानगरपालिकाका वरिष्ठ अधिकृत ओम राज पौडेलले सडकमा धुलो, मैलो, प्रशासनको धम्की आदि सहेर बसेका व्यापारीलाई नगरपालिकाको सहयोगमा यस ठाउँमा व्यवस्थित गराएर राखेकोमा बजार सञ्चालक र व्यापारीहरू परिवार झै गरि बसेकोमा धन्यवाद दिए। कठिन भएरपनि सडकमा छरिएर बसेका फुटपात व्यापारिलाई यसरि यहा राखियो तर अहिले फेरि जस्ताको तस्तै सडकमा झोला, डोको बोकेर हिडेका छन्, यस्ता झोले डोके व्यापारीलाई ठाउँको ठाउँ कार्वाही गर्न नगरपालिका लागेको र यसमा यस्ता बजारहरूले नगरपालिकालाई सहयोग गर्नुपर्ने बताए। उनले बजारमा सोलारबत्ति केहि दिनपछि राखिदिने र फोहोर उठाउने गाडी प्रत्येक हप्ता एउटा बजारका लागि पठाईदिने प्रतिवद्धता जाहेर गरे। 
सञ्चालक नन्द प्रसाद तिवारिले बजारले सस्तो र सुलभ मुल्यमा सामान वेचेको बताए। अव यस बजारलाई बार्गेनिनङको बजार नबनाई फिक्स्ट पैसा बेच्ने बजार बनाउनुपर्नेमा उनले जोड दिए। आफूले बजारलाई व्यवसायको रूपमा नलिई सेवाको रूपमा लिएको बताए। सञ्चालक मिलनप्रसाद तिवारिले अव यसबजारलाई रात्रि बजार सेवाका रूपमापनि प्रयोग गर्नु र पसल विमा गर्नुपर्ने बताए । त्यस्तै बजार संरक्षक राजकुमार सुवेदीले बजारलाई सिसि क्यामेरा जडान गरि विशेष सुरक्षा गर्नुपर्ने, बाटोको विस्तार, प्रत्येक गेटमा होडिङवोर्ड राख्नुपर्ने बताए। 
बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनारले बजार व्यवस्थित रूपमा चलेको र यस्ता कार्यक्रम आफूहरूले गर्दै जाने भन्दै नयाँ वर्षको शुभकामना दिए। 
बजार २०७० वैशाख १ गतेदिखि सञ्चालनमा आएको थियो। कार्यक्रममा लोकदोहोरि गायक चोलेन्द्र पौडेलले गीत गाएर मनोरञ्जन दिलाएका थाए।

Post a Comment

 
Top