0
गोल्डेन न्यूज संवाददाता
नेपाल महिला सङ्घ, लेखनाथ महानगरपालिका समितिद्वारा  आयोजित ‘राजनीतिमा महिला नेतृत्व, सम्भावना र चुनौती’ विषयक प्रशिक्षण कार्यक्रममा संविधान प्रदत्त अधिकार स्थापित हुने गरी महिला सशक्तिकरण गर्नुपर्नेमा जोड दिइएको छ।े संविधानले धेरै अधिकार सुनिश्चित गरेकाले त्यसलाई भरपुर उपयोग गर्न आफूहरूलाई सक्षम बनाउनुपर्ने वत्तसांसद शारदा पौडेलले नेपाली जनताकोन सङ्घर्षको प्रतिफल स्वरूप प्राप्त नयाँ संविधानले दिएका अधिकार उपयोग गर्ने पहिलो माध्यम आशन्न स्थानीय तहको निर्वाचन भएको बताइन । अन्य राजनीतिक दलकाबीच निर्वाचनमा मतदाताको मन जित्नसक्ने किसिमको सक्षम नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै उनले त्यसतर्फ केन्द्रित बन्दै आफूलाई सक्षम नेतृत्वका रूपमा स्थापित गर्न महिला नेतृहरूलाई आग्रह गरिन् । सांसद वृन्दा रानाले अधिकारलाई उपयोग गर्दै निर्वाचन हुने प्रमुख पदमा आफूलाई योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्ने गरी अगुवाइ गर्नुपर्नेमा जोड दिइन। नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नेपाली काँग्रेस स्थापना कालदेखि नै महिला सशक्तिकरणको पक्षमा भएको भन्दै वर्तमान संविधानमा अझै धेरै महिलाका हक तथा अधिकार सुनिश्चित भएको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले प्राप्त अधिकारलाई उपयोग गर्ने किसिमको महिला सक्रियता वर्तमानको आवश्यकता भएकोमा जोड दिए। प्रा.डा. कुशुमाकर न्यौपाने र अधिवक्ता कृष्णप्रसाद तिमल्सिनाले सहभागी प्रशिक्षार्थी लाई प्रशिक्षण दिएका थिए ।  नेपाल महिला सङ्घ पोखरा लेखनाथ महानगरपालिका समितिका अध्यक्ष माया बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला सङ्घ कास्की अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्य, नेपाली काँग्रेसका नगर सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बाबुराम आचार्य, वीरेन्द्र बिजुक्छे, कृष्ण कार्की, पत्रकार कमल पौडेल ‘अथक’ लगायतले संविधान प्रदत्त महिला अधिकारको उपयोग गर्ने पहिलो अवसरका रूपमा स्थानीय तहको निर्वाचन भएको बताएका थिए ।








Post a Comment

 
Top