0
पोखरा लेखनाथ महानगरपालि का वडा नं. ६, बैदाम स्थित तालबाराही मा.वि. का ब्यवस्थापन समिति अध्यक्ष निलम्बनमा परेका छन् । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष परशुराम पहारीसहित सदस्य मिना भट्टराई निलम्बनमा परेका हुन् । विद्यालयका प्रधानाध्यापक भद्रकाली लामिछानेले शिक्षा ऐन आठौं संशोधनमा रहेको समिति गठन सम्बन्धी प्रावधान समेत कुल्चदै गत माघमा अल्पमतबाट पहारी र भट्टराईलाई सदस्य मनोनित पहारीलाई अध्यक्ष बनाएकी थिइन्।  उनले समितिका अन्य दुई जना सदस्यलाई जानकारीनै नदिई बाँकी दुई जनालाई वसमा पारेर आफ्नो अनुकुलका व्यक्ति चयन गरेपछि सिर्जित विवाद जिल्ला शिक्षा कार्यालयसम्म पुगेको थियो । ततपश्चात अनुसन्धान थालेको कार्यालयले करिब दुई महिना पछि उनीहरुको नियुक्ति विधिसम्मत नभएको निष्कर्ष सहित निलम्बनमा गरेको जानकारी विद्यालय प्रशासनलाई गराएको हो ।  यससंगै कार्यालयले पत्राचार मार्फत विद्यालय प्रशासनलाई समितिलाई पूर्णता दिन पुन प्रक्रियामा जान समेत भनेको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जि.शि.अ. नवराज चापागाइँले प्रधानाध्यापक लामिछानेले गरेको नियुक्ति विधिसम्मत नभएकाले उनीहरु निलम्बनमा परेको बताए । ‘नियम विपरित प्रअ लामिछानेले उहाँहरुलाई नियुक्ति गरेको भेटियो तसर्थ उहाँहरु निलम्बनमा परेको व्यहोरासहितको पत्र हामीले विद्यालय प्रशासनलाई पठाईसकेका छांै’–चापागाईले भने ।  अध्यक्ष र सदस्य गरि पछि नियुक्त दुईजना निलम्बनमा परेकाले अब अविभावक भेलाबाट चुनिएका चारजनाको बैठकले नयाँ नियुक्ति गर्नुपर्ने समेत चापागाईले बताए । चापागाईले भने–‘चारजना मध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी विधिसम्मत तवरले दुई जना सदस्य मनोनयन गरि वहाँहरुबाटनै अध्यक्ष चुन्नुपर्ने हुन्छ।’ गत मङ्सिर १५ गते प्रअ लामिछानेले डाकेको अविभावक भेलामा अविभावक, टोल विकास समिति, वडा नागरिक मञ्च तथा विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुको सर्बसम्मत निर्णयवाट अविभावकका तर्फवाट लेखनाथ भुसाल, रामबहादुर पनेरु, सुशिला खत्री र लक्ष्मी नेपाली व्यवस्थापन समिति सदस्यमा चयन भएका थिए ।  भेलाले सर्वसम्मत रुपमा गोविन्दराज पहारी र मन्दरा ढकालको नाम मनोनितमा सिफारीस गरेको भएतापनि प्रअ लामिछानेले त्यसलाई  पाखा लगाउँदै स्वेच्छाचारी ढंगले अघिबढेकी थिईन । भद्रकालीले गत माघ २० गते आफ्नो अनुकुल हुने गरी उनीहरुलाई  सदस्य मनोनयन गरी पहारीलाई अध्यक्ष नियुक्त गरेपछि उनि व्यक्तिगत ढंगले नियम विपरित अगाडि बढेको भन्दै सम्बन्धित टोल विकास समिति, वडा नागरिक मञ्च तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरु को तर्फबाट जिल्ला शिक्षा कार्यालय, अख्तियार, क्षेत्रीय शिक्षा निर्देशनालयमा उजुरी दिएका थिए। यसैबिच निलम्वित पहारी आफैमा ब्यवस्थापन समिति सदस्य हुन् अयोग्य रहेको थप खुलासा हुन् आएको छ । पहारी बैदामकै एक निजि विद्यालय वड्स एकेडेमीका संस्थापक सदस्य तथा वर्तमान ब्यवस्थापन समिति सदस्य समेत रहेको खुल्न आएको हो। शिक्षा ऐनमा निजि विद्यालयको पदमा पदाशिन व्यक्ति सामुदायिक विद्यालयको कुनै पनि पद धारण गर्न अयोग्य हुने प्रावधान छ ।  यस बारे वड्स एकेडेमीका ब्यवस्थापन समिति अध्यक्ष जगत बहादुर पहारीसंग बुझ्दा परशुराम पहारीले हालै मात्र सदस्यबाट राजीनामा दिएको र त्यस सन्दर्भमा निर्णय भइनसकेको बताए । उनले समितिको बैठक केही दिनमै बस्ने राजीनामाको सन्दर्भमा सोहि बैठकले निर्णय गर्ने जानकारी दिए ।

Post a Comment

 
Top