0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा २१८ जनाको निःशुल्क मधुमेह तथा किड्नी परीक्षण गरिएको छ । दुध पोखरी बचत तथा ऋण सहकारी संस्था लि. र शितलज्योति युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको रक्तपरीक्षण कार्यक्रममा पोले–१२ मा रहेको न्यू गण्डकी प्याथोलोजी सर्भिसले प्रविधिक सहयोग गरेका थिए ।
“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मूल नाराका साथ पहिलो कार्यक्रम अन्तर्गत रक्त परीक्षण कार्यक्रम गरेको र १९ गते सरसफाई लगायतका कार्यक्रम रहेको दूध पोखरी सहकारीका प्रमुख दुध कासी गुरुङले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं नेफस्कोनका केन्द्रीय सदस्य भीम गुरुङले रगत परीक्षणका लागि रगत दिई कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि गुरुङले सहकारीहरुले संस्थालाई दिगोरुपसम्म जीवित राख्ने हो भने एउटै क्षेत्रमा मात्रै लगानी गर्न नहुने र सहकारीहरु सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिए । प्राविधिक अर्जुन ज्ञवालीले मधुमेह अन्य रोगको मूल कारक भएकोले त्यसबाट बेलैमा बच्नुपर्ने र बेला बेलामा रगत परीक्षण गरि आफ्नो स्वास्थ्य स्थिति बारे थाहा पाउनुपर्नेमा सुझाए ।  कुनैपनि रोग निधानमा रगत परीक्षण महत्वपूर्ण हुनेमा जोड दिदै महेन्द्रपुल वारी एउटा पनि राम्रो ल्याबको सुविधा नभएकोले अब नयाँ वर्षको आगमन संगै शितलदेवीबाट आफूले सस्तो र गुणस्तरीय सेवा दिने दिने बताए । दूध पोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हितमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचालन संस्थाका सचिव कौशिला गुरुङ, स्वागत शितलज्योति युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठ गरेका थिए ।
कार्यक्रममा पोले–१२ का सचिव श्रीकान्त तिमिल्सना, दूध पोखरी बचत तथा ऋण संस्था लि. का उपाध्यक्ष सु.जंङ्खप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।







Post a Comment

 
Top