0
व्यक्ति यदि स्वस्थ्य छभने मात्र उसले राम्रोसँग काम गर्न सक्छ । तर, आजको यस भागदौडको जीवनमा साना–तिना कयौं प्रकारका रोगहरुले मानिसलाई हैरान गरिरहेको हुन्छ । बदलिंदो मौसममा एलर्जी हुनु अचकल सामान्य कुरो भईसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ ।  शरीरको (इम्यून सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिसहरु एलर्जीको शिकार हुन्छन् । बदलिंदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जि हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटा–केटी, महिला तथा बुढा–पाकाहरुमा एलर्जिको समस्या पाँच देखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमा–बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जिको समस्या छभने उनीहरुको सन्तानमा पनि एलर्जि हुने संभावना पचास प्रतिशत रहन्छ । 
लक्षणः  
शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार–रुघा लाग्नु, हाच्छु आउनु,  आँखा, नाक चिलाउनु, ज्वरोआउनुको साथै शरीरका मांसपेशीहरु दुख्नु, यसका शुरुका लक्षणहरु हुनभने खाद्य पदार्थबाट हुने एलर्जिमा खाना खाएको केही मिनेट पछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने , श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिशा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरु देखिन्छन् । उपरोक्त लक्षणहरुको आधारमा नै एलर्जिको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने होभने  सजिलैसित यसरोगबाट छुटकारा पाउन सकिन्छ । 
मुख्यकारणः 
एलर्जि हुनुको मुख्य कारणहरुमा प्रदूषण, धूलो–माटो, घास, पराल एवं रुख–पात, बिरुवाको परागकण हो । घरबाट बाहिर निस्किंदा  धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसहरुको नाकमा प्रवेश गर्दछ। यही एलर्जिक (नाकको म्युकसझिल्लि) को प्रदाह राइनाइटिस को कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जि हुने जोखिम बढि हुन्छ। भुतला हुने जनावरहरु कुकुर, बिरालोको रौं  बराबर भुईमा झरिरहन्छ। जुन एलर्जीको कारण बन्दछ ।
जोखिमः
–नाकको एलर्जीले साइनसको अाँस्टिया (हड्डिको प्वाल) लाइ बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस् (पिनास) को कारण बन्न सक्छ ।     
–यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ ।
–यसले कानको अाँडिटरी ट्यूब
(श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ। 
–यस्ता बिरामीहरुमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढी हुन्छ ।
बचावट ः
१.  इन्फेक्शनबाट बच्ने  प्रयास गर्ने।
२. चिसो हावा, धूलो–धुवाँ र ओसिलो ठाउँबाट बच्ने । 
३. घरबाट बाहिर निस्किँदा धूलोको कण नाक भित्र कम से कम मात्रा जाऔस भनेर कोशिस गर्ने । 
४.यदि धूलो–धुवाँ भएको ठाउँमा जानु पर्योभने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै निजक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।
७. धूम्रपान नगर्ने । यदि छेउको कुनैब् व्यक्तिलाई चुरोटको धुवाँले एलर्जि छभने उसकोअगाडि चुरोट नपिउने । 
८. कुनै खाद्यपदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो वस्तुको सेवन नगर्ने । 
९.नाकको एलर्जिले बढि तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ।
१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तु को प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरिपरि मौजुद रहेका एलर्जि उत्पन्न गराउने तत्वहरु (एलर्जन) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो इलाज हो ।  
१२. धेरै जसो व्यक्तिहरुको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनैवस्तु विशेषको सम्पर्कमा आउनसाथै त्यस्ता व्यक्तिलाई एलर्जी भई हाल्छ । धेरै जसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी भई हाल्छ । जस्तैः सुत्ने औछ्यान,  टा‘वेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरुले यस कुराको विशेष ख्याल राख्नु पर्दछ ।  
१३. घरमा बात्ति (सलेदो) भएको स्टोवको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोवको उपयोग गर्ने ।
१४. घरमा शुद्ध बायु आउनेको व्यवस्था सुनिश्चित गर्ने । 
१५. घर यदि सड़क छेउमा छभने  बाहिरको धूलो–माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसाको साथै मसिनो जाली लगाउने । 
१६. भान्छामा एक्जास्ट फेनको उपयोग गर्ने । 
१७. धेरैजसोलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरुले फूलफुल्ने किसिमको बिरुबा कोठामा नराखने । 
१८. आफ्नो औछ्यान लाई सफा–सुघ्घर राख्ने । 
१९. घरमा भिजाएको कपडाले पोछा नलगाउने । 
२०. घरको भित्तामा ढुस्सी या जालो लागेको छभने त्यसलाई ब्लिच गरेर सफा गर्ने । 
२१. बरसातको मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर, केहि खास किसिमका रोगहरु जस्तैःअस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरुको लागि यो मौसमले केहि समस्या पनि ल्याउछ । 
२२. प्रतिदिन विचार गर्नुस् कुन चिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ । तपाइले त्यस बिशेष चिजको नाम अगाडि ह को निशान लगाई दिने र त्यो वस्तु खान वा लगाउन बन्द गरिदिने ।
उपचारः 
एलर्जिको उपचार भनेको हाम्रो बाह्य वातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै ईलाज छैन, केवल जुन वस्तुसँग एलर्जि छ। त्यसको त्याग गरिदिनु हो । जस्तै ःघामबाट एलर्जि छभने घाममा नहिड्ने, हिड्नै पर्यो भनेपनि छाता ओढेर हिड्ने । यस्तै अन्य कुरामा पनि यहि नियम लागू हुन्छ । होमियोप्याथिक चिकित्सामा रोगीको ईम्युन सिस्टमलाई सबल बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनले, यसबाट रोगको जरैबाट उपचार गर्ने गरिन्छ । एलर्जि स्थायी रुपमा निको भएर जान्छ । होमियोप्याथिक औषधिहरुस् होमियोप्याथिकमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर राखेर (टोटालिटि अफ सिम्पटम) को आधारमा औषधि उपचार गरिन्छ । प्राय, एलर्जिको समस्या भएकोमा प्रयोग गर्ने औषधिहरु निम्नलिखित छन । 
१. धुलो र परफ्युमबाट हुने एलर्जिको लागि हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ ।
(२) रोटी र अमिलो खाद्य पदार्थबाट हुने एलर्जिको लागि नेट्रम–म्युरको प्रयोग गर्न सकिन्छ । 
३) उमालेको दुध पिउदाँ हुने एलर्जिमा सिपिया नामक औषधि उपयोगी हुन्छ । यदि कसैलाई नुन, मख्खन,अन्डा र कुखुराको मासुबाट एलर्जि छ भने कार्बोभेज को सेवन गर्दा फाईदा हुन्छ । यदि कसैलाई कफि पिउदा एलर्जि उत्पन्न हुन्छभने नक्स–बोमिका लिन सकिन्छ । घामबाट एलर्जी छ भने बिरामीले एपिसमेलिफिका औषधिको प्रयोग गरेमा निको हुन्छ । कसैलाई फूलको सुगन्धबाट एलर्जि हुन्छ भने उसले एलियन्थस् नामक औषधिको सेवन गर्दा राम्रो हुन्छ । यसैगरि धुलोबाट रूघा लाग्ने, हाच्छयु आउने समस्या रहेको छभने जस्टिसिया अधोटोडा नामक होमियोप्याथिक औषधिको प्रयोग गरे फाईदा हुन्छ। 
उपरोक्त औषधिहरुको प्रयोग योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकको सल्लाह लिई सेवन गरेमा राम्रो हुनेछ । 
 डा. ललितकुमार मिश्र

ग्यास्ट्राइटिस के हो ?

पेटमा हुने रोग धेरै रोगको मिश्रण हो । पेट दुखाइले दिसामा रगत आउने हुन्छ । पेटका तीनवटा भागहरू हुन्छन्( नाइटोभन्दा माथि माथिल्लो पेट, नाइटोकै वरिपरिको भाग र नाइटोभन्दा तलतिरको भाग । माथिल्लो पेटमा ग्यास्ट्रिक ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज, प्याङ्क्रियाटाइटिस, लिभर, हेपाटाइटिसको समस्या हुन सक्छ । सानो आन्द्राको समस्या भयो भने बीचको पेट र ठूलो आन्द्रामा समस्या हुँदा तल्लो पेट दुख्छ ।े
बिरामीहरू पेट दुखाइ लिएर आउँछन् तर उनीहरूले पहिलेदेखि औषधि सेवन गरेका हुन्छन् । मल्टिपल इन्डोस्कोपी गरिसकेको, औषधि सेवनबाट केही हदसम्म ठीक गरेको तर औषधि सेवनपछि फेरि समस्या देखापर्ने गरेका बिरामीहरू बढी हुन्छन् । विभिन्न अस्पतालमा उपचार गरेर आउने हुँदा डायग्नोसिस गर्न गाह्रो हुन्छ । हाम्रो पेटको भागमा खाने नली, पेट, सानो आन्द्रा हुन्छ । धेरैजसो पेटको दुखाइ ग्यास्ट्रिकले हुन्छ भन्छौँ तर त्यसलाई ग्यास्ट्राइटिस भनिन्छ । हेलिकोब्याक्टर प्राइलोरी किटाणुको संक्रमणले ग्यास्ट्राइटिस हुन्छ । त्यसको लागि इन्डोस्कोपी गरेर पेटमा हेरी घाउ छ कि छैन, सानो आन्द्रामा पनि छ कि छैन वा हेलिकोब्याक्टरी किटाणुको संक्रमण भएको छ कि छैन हेरेर उपचार गरिन्छ ।  धेरै समयदेखि पेट दुखिरहने बिरामीहरू ग्यास्ट्राइटिसको समस्याले मात्रै पीडित होइनन् । हाम्रो लिभर (कलेजो) पेटको माथिको भागमा हुन्छ र पित्तको थैली तल हुन्छ । यसरी पित्तको थैलीबाट आएको नलीहरू सानो आन्द्रामा गएर बगेको हुन्छ । यसको काम खाना खाइसकेपछि पित्तको थैलीबाट पित्त गएर पाचन प्रणाली जाने हो । त्यहीँ जाँदा पित्त थैलीमा पत्थरी हुँदा पेट दुख्ने हुन्छ । इन्फेक्सन भयो भने कोल्यानजाइटिस भएर पित्त आउने ठाउँ ब्लक भइदिन्छ । त्यसले र कमन बायो डक्ट (सीबीडी) त्यसमा भएको सानो ढुङ्गा, बालुवाहरू जहाँ पनि अड्किन्छ, त्यस्तो हुँदा पनि पेट दुख्छ । 
प्याङ्क्रियाज पेटको पछाडिको भागमा हुन्छ । कसैले वास्ता पनि गर्दैनन् तर त्यो नली पेटमा नै हुन्छ । पित्तले चिल्लोमात्रै पचाउँछ भने प्याङ्क्रियाजले धेरै काम गर्छ–इन्सुलेन बनाउने, हाम्रो शरीरमा सुगरलाई ब्यालेन्स गर्ने र पाचन प्रक्रियामा धेरैजसो कार्बोहाइड्रेड, प्रोटिन सबै पचाउने । प्याङ्क्रियाटाइटिस भनेको प्याङ्क्रियाज सुन्निनु हो । त्यसले पनि लामो समयसम्म पेट दुख्ने समस्या हुन्छ । नर्भिक अस्पतालमा एक सय जना पेट दुखाइ कम नै नहुनेहरूको उपचार गर्दा २० प्रतिशत क्रोनिक प्याङ्क्रियाटाइटिस भएको रहेछ । लामो समयदेखि प्याङ्क्रियाटाइटिस हुनु क्रोनिक प्याङ्क्रियाटाइटिस हो । त्यसको लागि ट्रिटमेन्ट फरक हुन्छ । अहिले ग्यास्ट्रिकको लागि हैन, क्रोनिक प्याङ्क्रियाटाइटिसको ट्रिटमेन्ट गर्नुपर्छ भन्ने थाहा भएको छ । नेपालकै पहिलो इन्डोस्कोपिक अल्ट्रासाउन्ड छ, त्यसले उपचारमा सजिलो भएको छ । यसले धेरैभन्दा धेरै बिरामीहरूलाई अहिले रोग पत्ता लगाउन फाइदा भएको छ । पहिले अल्ट्रासाउन्ड, सीटी स्क्यान, एमआरआई गर्नुपर्ने थियो । अहिले (इयुस) इन्डोसकोपी हो तर त्यसको टुप्पोमा अल्ट्रासाउन्ड मेसिन फिट गरिएको हुन्छ । त्यसले बिरामीको उपचारमा मद्दत गर्दछ । 
अल्ट्रासाउन्ड बाहिरबाट गरिन्छ भने इन्डोस्कोपी पेटभित्र सानो आन्द्रामा गएर गरिन्छ । त्यसो गर्दा प्याङ्क्रियाज पूरै छर्लङ्ग देखिन्छ फुलेको, सुकेको छ कि छैन भनेर । पित्तको थैलीभित्र भएको ढुंगा पित्तको थैलीमा बगेर आएको नलीमा अड्केको हुन्छ, त्यसलाई ईआरसीपी गरेर निकाल्छाँै । त्यसको लागि पनि अप्रेसन गर्नुपर्दैन ।
ग्यास्ट्राइटिस हुनेले दूध खाने कि नखाने भन्नेमा दुइटा धारणा छन् । कसै–कसैलाई दूध खाँदा पेट फुलेर आउँछ भने कसैलाई दूध नभई हुँदैन । प्राणीहरूमध्ये मानिसमात्रै हो बुढेसकालसम्म दूध खाने । म दूध बार्ने सल्लाह दिन्छु । दूध पचाउने ल्याक्टेज इन्जाइम उमेरअनुसार हामीमा घट्दै जान्छ, अनि पचाउन गाह्रो हुन्छ । 
ग्यास्ट्रिक हुने हेलिकोब्याक्टो पाइलोरी र पेनकिलरले ठूलो मात्रामा पेटको ग्यासट्राइटिस हुने हुन्छ । यसले पेट दुखाउनेमात्र नभएर घाउ, अल्सरसमेत हुन्छ । अर्को एसप्रिन भन्ने औषधि छ जुन रगत पातलो बनाउन प्रयोग गरिन्छ । विशेषगरी मुटुरोगीहरूले प्रयोग गर्छन् । यसले रगत पातलो बनाउँछ तर पेटमा गएर यसले अल्सरसमेत गर्छ । सानो आन्द्रामा घाउ बनाउन सक्छ । ग्यासट्राइटिसबाट बच्न रक्सी, चुरोट नखाने, एक्सरसाइज गर्ने, मोटोपन भए चिल्लो पदार्थ कम गर्ने, उमेरअनुसार ४० वर्षमाथिका व्यक्तिले १ देखि २ वर्षमा चेक गर्ने । पेट दुखेको छ भनेर औषधि पसलबाट औषधि किन्ने भन्दा पनि एकचोटि विशेषज्ञसँग सल्लाह लिँदा राम्रो हुन्छ । 
डा.सन्दिपराज कुँवर
(पेट तथा कलेजो रोग विशेषज्ञ)





Post a Comment

 
Top