0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालि का वडा नंं २८ नेपाली काँग्रेसको वडा भेलाले निर्वाचनका लागि वडाको तर्फबाट सर्वसम्मत वडाध्यक्ष सहित चार सदस्यहरु सिफारिस गरेको छ । वडाध्यक्षमा विकास गुरुङ र सदस्यहरुमा राधाकृष्ण तिवारी, राजेश अधिकारी, महिला सदस्यमा शिव त्रिपाठी र दलित महिला सदस्यमा इन्द्राकला वि.क.सर्वसम्मत सिफारिस भएका छन् ।  कार्यक्रम इकाई २८ का संयोजक बोधराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका तर्फबाट प्रतिनिधि जिल्ला सदस्य देवेन्द्र रानाभाटले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने बताए । त्यसैगरी ने.वि. संघका केन्द्रीय सदस्य तथा साविक कालिका काँग्रेसका सभापति भानु ढकालले आजको वडा भेलाको निर्णयले सिंगो काँग्रेस एकतासाथ स्थानीय निर्वाचनमा जाने सन्देश दिने भन्दै समग्र कास्की जिल्लालाई नै यस वडाले प्रोत्साहन गर्ने र नेपाली काँग्रेसको विजय सबै ठाउँमा सुनिश्चित रहेको बताए । कार्यक्रममा सर्वसम्मत सिफारिस भएका अध्यक्ष विकास गुरुङले यस वडामा हाम्रो जीत सुनिश्चत रहेको र जीत पश्चात समग्र वडाको विकास योजनालाई एकमुष्ठ विभाजन गरी क्रमैसँग विकास गर्दै जाने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु विश्वरमण अधिकारी, श्रीकृष्ण लामिछाने, डाल्डादेवी भुजेल, कृतिबल्ल्भ त्रिपाठी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन इकाई सदस्य रामकृष्ण त्रिपाठीले गरेका थिए ।




Post a Comment

 
Top