0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले बैशाख ३१ गते जु जुकै हालतमा पनि निर्वाचन हुने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको निर्वाचनको तयारी तथा स्थानीय निकाएको कार्यान्यन सम्बन्धी जानकारी लिंदै उनले निर्वाचन तोकिए कै मितिमा हुने बताए । उनले अरु दलहरुसँग सहमति हुँदा पनि बैशाख ३१ मै निर्वाचन हुने सर्तमा सहमति हुने बताए । 
‘कुनै दलसंग सहमति हुँदा पनि बैशाख ३१ मै निर्वाचन हुने गरेर हुन्छ,’ उनले भने,–‘निर्वाचन सार्ने गरेर कसै सगँ पनि सहमति हुदैन।’ ‘यो निर्वाचन साधारण घटना हैन’ उनले भने–‘लामो समय पछि हुन लागेको निर्वाचनले जनतामा खुसी ल्याउने छ ।’ उनले स्थानीय तह शक्तिशाली भएको बताउँदै जनताका कामलाई छिटो–छरित्तो गर्न निर्देशन दिए । उनले कास्कीमा निर्वाचनको तयारी उत्साजनक रहेको बताए ।
 देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमि–कमजोरी नगर्ने दृढता व्यक्त गरे।  उनले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गरे।  चुनावलाई कसरी सफल बनाउने र त्यसका लागि बढी भन्दा बढीको सहभागिता कसरी गराउने भन्नेमा ध्यान दिन उनले आग्रह समेत गरे । अर्को प्रशंगमा उनले हाल कायम गरिएका गाउँपालिका मध्ये केहिमा केन्द्र सम्बन्धी विवाद देखिएको भएपनि अहिलेको ब्यवस्था अस्थायी भएकाले नयाँ निर्वा्चित जनप्रतिनिधिले समस्या समाधान गर्ने विश्वास दिलाए । नेपालको संघीयता सफलतापूर्वक कार्यान्वयन गर्न सकेमा अबको १० बर्षभित्र नेपालको सामाजिक, राजनीतिक रुपान्तरणमा अभूतपूर्व परिवर्तन आउने उनको विश्वास छ । नयाँ संरचना अनुसार तत्काल कर्मचारी ब्यवस्थापन गरी सेवा प्रवाह गर्न नसकिए जनतामा बितृष्णा पैदा हुने उनको ठहर छ । कार्यक्रममा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पश्चिमाञ्चलमा करिब २ हजार १ सय मतदान स्थल रहने भन्दै सुरक्षाका लागि सबै सुरक्षा निकायसंग समन्वय गरेर अगाडि बढ्ने बताइन् । कार्यक्रममा स्थानीय विकास अधिकारी बलराम ढकालले कास्कीका चार वटै गाउँपालिका र महानगरमा कार्यकारी अधिकृत खटिइसेकेको बताए । कार्यक्रममा पोखरा स्थित सुरक्षा निकायका प्रमुख, प्रशासनिक निकायका प्रमुख एवं स्थानीय तहका कर्मचारीहरुको उपस्थिति थियो ।
यसैबीच स्थानीय तह निर्वाचनका लागि कास्कीमा डेढ सय मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीको पाँच वटा स्थानीय तहमा १५० मतदान केन्द्र तोकिएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङका अनुसार पोखरा लेखनाथ महानगरपालिकामा ९८ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिकामा १५, मादीमा १७, माछापुच्छ«ेमा १२ र रुपा गाउँपालिकामा ८ वटा मतदान केन्द्र तोकिएको छ । कास्कीमा दुई लाख २९ हजार ९ सय २२ मतदाता छन् । कास्कीमा संसदमा प्रतिनिधित्व गरेका ११ र अन्य १२ सहित २३ राजनीतिक दल छन् ।

Post a Comment

 
Top