0
गोल्डेन न्यूज संवाददाता
 पाल्पाली समाज पोखराले शनिबार दुई चिकित्सकलाई सम्मान गरेको छ । समाजमा लामो समयदेखि आवद्ध रही समाजको हित र उन्नतिमा उल्लेख्य योगदान पु¥याएको कदरस्वरुप संस्थाको १५ औं वार्षिक साधारणसभा अवसरमा डा. हुमप्रसाद न्यौपाने र डा. यज्ञमान शाक्यलाई सम्मानपत्रसहित सम्मान गरिएको हो । समाजका सल्लाहकार पाल्पा पीपलडाँडा मूलघर भएका डा. न्यौपाने बालरोग विशेषज्ञ हुन् भने डा. शाक्य पाल्पा तानसेनका हुन् । उनीहरु लामो समयदेखि पोखरामै रही चिकित्सा क्षेत्रमा क्रियाशील छ । साधारणसभामा प्रमुख अतिथि समाजका सल्लाहकार एवं पूर्व अध्यक्ष ताराप्रसाद पोखरेलले समाजले आपसी भाइचारा विकास र दुःखसुखमा साथ दिने बताए । पाल्पाली समाजको गठन स्मरण गर्दै उनले समाजले विभिन्न गतिविधिलाई अगाडि बढाई छुट्टै पहिचान दिन सफल भएको उल्लेख गरे । समाजका सल्लाहकार एवं संस्थापक सचिव लोकनाथ काफ्लेले पाल्पाली समाज यहाँ गठित समाजमध्ये सबैभन्दा जेठो भएको बताए । उनले समाजले रचनात्मक क्रियाकलाप गर्नुपर्ने सुझाव दिए । समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार जगदीश गौतमले थोरै रकममा पनि रचनात्मक काम गर्न सकिने बताए । निवर्तमान अध्यक्ष नारायणप्रसाद पौडेलले पाल्पाली समाज सुखदुःखको साथी भएको बताए । सम्मानित चिकित्सकद्वय न्यौपाने र शाक्यले सम्मानप्रति आभार व्यक्त गर्दै जहाँ गए पनि मूलथलो भुल्न नहुने बताए । संस्थाका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रेशम रचक, संचालन महासचिव बालचन्द्र परियार र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कुलप्रसाद घिमिरेले गरेका थिए । उक्त अवसरमा नयाँ वर्षको क्यालेण्डर विमोचन गरिएको थियो । समाजका सल्लाहकार लोकनाथ काफ्ले र जगदीश गौतमले क्यालेण्डर विमोचन गरेका थिए । वनभोज अवसरमा भएको साधारण सभामा संस्थाका महासचिव बालचन्द्र परियार र कोषाध्यक्ष केशव नेपालले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।








Post a Comment

 
Top