0
गोल्डेन न्यूज संवाददाता
राजनीतिशास्त्र सूर्यरत्न शाक्य प्रतिष्ठान पोखराद्वारा एक कार्यक्रम गरी नेपालका वरिष्ठ समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रलाई सम्मान गरिएको छ । फूलमाला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको कार्यक्रममा उनकी धर्मपत्नी रमा मिश्रलाई पनि सम्मान गरिएको थियो । पृथ्वीनारायण क्याम्पस पोखरामा राजनीतिशास्त्र विषय लिएर स्नात्तोकत्तर तह उत्तीर्ण गरी सर्वोकृष्ट अकं प्राप्त गर्ने नियमित विद्यार्थीहरुलाई यस प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । यसैक्रममा २०७१ बाट दुर्गा बास्तोला र २०७२ बाट गंगा पोख्रेललाई नगद जनही ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. उमानाथ बरालले गरेको र कार्यक्रमको संचालन सचिव भीमनाथ बरालले गरेका थिए ।  समाजशास्त्री चैतन्य मिश्रले आफ्नो प्रवचन दिंदै राज्यले प्राविधिक विषयमा मात्र ध्यान दिएको तर सामाजिक विषयमा ध्यान नदिएको बताए । उनले सर्वप्रथमतः समाज विज्ञानको आँखाले समाजलाई नबुझी सामाजिक समस्याका दिगो हल अन्य कुनै विषयबाट प्राप्त हुन नसक्ने कुरा उल्लेख गरे।  कार्यक्रममा प्रतिष्ठानका संरक्षक सूर्यरत्न शाक्य, पूर्व क्याम्पस प्रमुख गणेश बहादुर गुरुङ, प्रा. तारा बराल, प्रा. पद्मशरण रेग्मी, प्रा.डा. विश्वकल्याण पराजुली, सहायक क्याम्पस प्रमुख बसन्तराज पराजुली र मल्टीमोडल क्याम्पसका प्रमुख कृष्ण के. सी. ले बोलेका थिए ।  कार्यक्रममा सूर्यरत्न शाक्यद्वारा लिखित कविता संग्रह ‘हेलो योगं स्टारस्’ को समेत विमोचन गरिएको थियो । विमोचित कृतिको प्रा. डा. यामबहादुर क्षेत्रीले समिक्षा प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top