0
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ मा रहेको रातामाटा प्रगतिशिल टोलमा राजेन्द्र बानियाँको संयोजकत्वमा १५ सदस्यीय नेपाली काँग्रेसको चुनावी प्रचार–प्रसार उपसमिति गठन गरेको छ । समितिको सचिवमा माया नगरकोटी, कोषाध्यक्षमा रेशमाया नेपाली र सदस्यहरुमा मेनुका खत्री, देवी माया राना, राजीव सुनार, रविन दाहाल, दीपक मगर, छिरिङ शेर्मा, भोजबहादुर नगरकोटी, एकादशी महर्जन, गोमा मगर, अनुप वि.क., आशबहादुर गुरुङ र रामचन्द्र थापा रहेका छन् । कार्यक्रममा नेपाली काँग्रेस चुनाव प्रसार–प्रसार मूल समिति इकाई १४ का संयोजक यज्ञेश्वर पोखरेलले १४ वडामा नेपाली काँग्रेसको लहर आएको हुँदा जीत पनि काँग्रेसको सुनिश्चित हुने दावी गर्दै सबै कार्यकर्ताहरुलाई ढुक्क भएर काँग्रेसको प्रचार–प्रसारमा लाग्न आग्रह गरे । कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण कार्की, चुनावी प्रचार–प्रसार मूल समितिका सह संयोजकद्वय बोधबहादुर कार्की, बोधराज बराल, पूर्व सभापति बलराम कुँवर, क्षेत्रीय प्रतिनिधि डा. परमेश्वर पोखरेल, विष्णुकुमार दर्जी, प्रेम नेपाली, सविता बराल, ज्ञानबहादुर सि.के., कृष्णहरि काफ्ले, आमा समूहकी अध्यक्ष भेषमाया नेपाली र प्रगति टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र बानियाँ लगायतले बोलेका थिए ।



Post a Comment

 
Top