0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भोट बदर नहोस् भन्ने उद्देश्यले विभिन्न वडा तथा संघ संस्थाका महिलालाई मतदाता शिक्षा प्रदान गरिएको छ । नेपाल मतदाता अधिकार मञ्च जिल्ला शाखा कास्की र संचारिका समुह पश्चिमाञ्चलको संयुक्त आयोजनामा नवजीवन महिला विकास संस्था अमरसिंहका सदस्य हरुलाई मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले स्थानीय तहको संरचनाको गठन प्रक्रिया र मतदान गर्ने तरिकाका बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमका सहभागिले राजनैतिक दलका पार्टी भोट माग्ने आए पनि भोट हाल्ने प्रक्रियाका बारेमा जानकारी नगराएको भन्दै प्रशिक्षणले मतदान तरीका बुझ्न पाएको बताए । सहभागिले नयाँ संरचना अन्तर्गत २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा ढुक्कसँग सहभागी भई योग्य उम्मेदवारलाई भोट हाल्ने बताए । संस्थाका ३५ जना सदस्यको सहभागिता रहेको कार्यक्रम संस्थाका अध्यक्ष कमला थापाको अध्यक्षतामा भएको थियो भने  स्वागत उपाध्यक्ष चन्द्रा थापा र संचालन कोषाध्यक्ष सीमा पोखरेलले गरेकी थिइन् ।

Post a Comment

 
Top