0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ३१औं शाखा बुटवलमा संचालनमा ल्याएको छ । बुटवल पुष्पलाल पार्कस्थित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रम्हाकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले संयुक्त रुपमा गरे । राष्ट्र बैंकका निर्देशन रेवतीप्रसाद नेपालले राजधानीपछि बुटवल बैंकीङ्ग हवको रुपमा विकास भएको बताए। उनले बुटवल क्षेत्रमा बैंकिङ विकास तीब्र रूपमा भएकोर आर्थिक विकासको लागि प्रवावकारी भूमिका बैंकले खेलीरहेको बताए । डेभलपमेन्ट बैन्कर्स एसोसिएशनका उपाध्यक्ष तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले विकास बैंकहरु आमजनतासंग, गाउँ–गाउँमा गएर आफ्नो सेवा दिइरहेको हुँदा अझै थप सशक्त, सुदृढ र बलियो भएर अगाडि बढ्नुपर्ने बताए । बैंक अध्यक्ष सुशिल कुमार गोशेलीले ओम डेभलपमेन्ट बैंकले अत्याधुनिक सेवा सहित बुटवलमा कारोबार सुरु गरेको जानकारी दिदै ग्राहकमुखी कार्यक्रमलाई आफुहरुले जोड दिएको बताए । प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, बैंकका बुटवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।सो अबसरमा लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने एकजना अति बिपन्न विद्यार्थीको पठन–पाठनको लागि प्रत्येक वर्ष क्याम्पसले सिफारिस गरेको विद्यार्थीलाइ प्रदान गर्ने गरी बार्षिक छात्रवृत्ति घोषणा गरि हस्तान्तरण समेत गरेको छ । त्यस्तै बैंकले करिब एक दर्जन महिला रिक्सा चालकलाइ मायाको चिनो सहित दोसल्ला ओडाएर सम्मान गरेको छ ।






Post a Comment

 
Top