0
गोल्डेन न्यूज संवाददाता
आशन्न स्थानीय तह निर्वाचन लाई लक्षित गरी कास्कीमा मतदाता शिक्षा कार्यक्रम शुरु भएको छ । निर्वाचन आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा मतदाता शिक्षा स्वयंसेवकहरुको लागि दुईदिने प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कासकीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले राजनैतिक आस्थालाई छोडेर निर्वाचन आयोगको नीति नियमलाई आत्मसाथ गर्दैै मतदाता शिक्षा प्रदान गर्न तालिममा सहभागीहरु लाई आग्रह गरे ।

सो अवसरमा वोल्दै जिल्ला ब्यवस्थापन समितीका स्थानिय विकास अधिकारी बलराम ढकालले मतदाताको मतको सदुपयोगका लागी मतदाता शिक्षा कार्यक्रमले ठूलो भूमिका खेल्ने वताए । मतदाता शिक्षा प्रदान गर्ने ब्याक्तिले स्वतन्त्र ढंगले मत प्रयोग गर्ने विधि प्रक्रिया सिकाउन तर्फ अगाडि बढ्न उनले आग्रह गरे । सो समारोहमा वोल्दै निर्वाचन आयोग नेपाल क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले निर्वाचन आयोगले निर्वाचन सफल बनाउनुका साथै मतदाताको मतको सदुपयोगका लागि सामाजिक परिचालक, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेवकहरुलाई तालिम प्रदान गरी परिचालन गर्ने बताए । तालिममा मत प्रयोग गर्ने तरिका, प्रचार–प्रसारको पम्प्लेटहरु स्थानिय स्तरमा प्रदान गर्ने र एक जना मतदाता शिक्षा स्वयंसेवकले एक हजार जनालाई शिक्षा प्रदान गर्ने उनले बताए । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

Post a Comment

 
Top