0
गोल्डेन न्यूज संवाददाता
कास्कीको साविक भदौरेतामागी हालको पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ अन्तर्गत रहेको भदौरे स्वास्थ्य चौकीमा सामाजिक परीक्षणका गरिएको छ । उक्त अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले रोग लागेपछि उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनु राम्रो हुने बताए । अधिकृत बरालले भौगोलिक अवस्थाको कारण सबैका लागि पायक पर्ने स्थानमा स्वास्थ्यचौकी नभएका ठाउँमा सामुदायिक सेवा केन्द्र सञ्चालन गर्न सकिने बताए । कार्यक्रममा सुनास कास्कीका कार्यक्रम अधिकृत भानु पराजुलीले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको र प्राथमीक स्वास्थ्य केन्द्रहरुबाट भैरहेको सेवालाइ थप प्रभाबकारी बनाउनुपर्ने बताए । सो अवसरमा सुनास कास्कीका सदस्य विष्णु अधिकारीले भदौरे स्वास्थ्य चौकीकोे सेवा प्रवाहको अवस्था तथा समस्याहरुको बारेमा सामाजिक परीक्षण रिपोर्ट प्रस्तुत गरेका थिए । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि नेपाली कांगे्रसका बिष्णुप्रसाद पराजुली, नेकपा एमालेका दामबहादुर बिक, नेकपा माओवादी केन्द्रका घनश्याम पराजुली, सहभागीहरु लक्ष्मीप्रसाद भण्डारी, अर्जुन सुनार, हर्पनकोट माविका प्रअ मिनबहादुर गुरु रुद्र भण्डारी, चन्द्रा अधिकारी, कर्णबहादुर गुरुङ, महिला स्ववास्थ्उ सेविका गीता भट्टराइ, गंगा भण्डारी लगायतले गाउँको भू–वनोटको कारण अपायक स्थानमा रहेको स्वास्थ्य सेवालाई सबैको पहँुच पुग्ने स्थानमा सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।



Post a Comment

 
Top